इटहरीमा जावाको पेरक बाइकको बिक्री  खुल्ला

96

– प्रतिभा चौधरी

इटहरी । राम्रो, सुविधायुक्त र आकर्षक बाइक चढ्ने युवा पुस्ताको सौखलाई लक्षित गरेर जावा कम्पनीको उत्पादन गरेको पेरक बाइक इटहरी बजारमा आइपुगेको छ ।
इटहरीको पश्चिम लाईनमा रहेको राजश्व संकलन केन्द्र (ढाट) सँगै जोडिएको भवनमा जावा कम्पनीका सुविधायुक्त बाइकको शो रुमको एक कार्यक्रमबीच शुक्रबार उद्घाटन गरिएको छ । इटहरीका व्यवसायी स्वच्छा कार्की (श्रेष्ठ) ले कविन इन्टरनेशनलमार्फत भित्र्याएको जावाको एभ्च्ब्प् (पेरक) नयाँ बाइक शो रुम (आधिकारिक विक्रेता) बाट बिक्रीवितरण खुल्ला गरिएको हो ।


अग्नि समूहले नेपालमा भित्र्याएको उक्त बाइक इटहरीमा मात्र नभएर प्रदेश १ का उपभोक्ताको रुचि र बाइक चढ्ने चाहना पुरा गर्न विराटनगर, धरान, बिर्तामोडसहित लाहान, पोखरा, बुटवल, भैरहवासहित ठूला व्यापारिक सहरहरुमा उक्त बाइकको डिलर (शो रुम) स्थापना गरेर बजार प्रवद्र्धन तथा बिक्री भईरहेकोे प्रबन्धक कार्कीले बताईन् ।
अन्य मोटरसाइकलको तुलनामा यसको बिशेषता फरक रहेको र नेपाली युवाहरू माझ लोकप्रीय बनेकोले यसको माग बजारमा बढिरहेको कविन इन्टरनेश्नल इटहरीका प्रबन्धक कार्की (श्रेष्ठ)ले बताइन् । उक्त बाइक मोडिफाई नभएकोले राजमार्ग गुडदा पनि प्रहरीको निशानामा नपर्ने, उकालो, ओरालो र तेस्रो सबैतिर कुदाउँदा शारिरीक तनाव, थकानको महसुस नहुने आरामदायी यात्राका लागि मात्र नभएर एक लिटरमा ४० किलोमिटरसम्म कुदाउन सकिने उक्त बाइक अरु भन्दा फरक रहेको छ । यो बाइक डिजाइनमा नेपालमै पहिलो रहेको बाइक पारखीहरुको लागि मात्रै उपयोगी रहेको रिजनल सर्भिसका आशिषले बताए ।


आशिषका अनुसार ३३४ सीसी क्षमताको इन्जिन भएको साढे ३४ किलोमिटर प्रति लिटर पेट्रोल क्षमता बोकेको यो बाइकको गियर बक्सको स्पिड ६ रहेको छ ।
३२ लिटर पेट्रोल जाने ट्याङ्की, सुविधायुक्त, पावर र पिकअप राम्रो भएको आरामदायी भएको कारणले एक जना मात्रै लामो दुरीको यात्रा गर्नेहरुका लागि अत्यन्तै उपयोगी बाइक रहेको छ । ३० देखि ३५ सम्म माइलेज दिने उक्त बाइकको ट्याङ्कीमा ३ लिटर पेट्रोल रिर्जबमा बस्ने गरेको छ । लुकिङ ग्लास पनि अत्यन्तै राम्रो र कम्पनीबाटै फिटिङ गरेर आएको हुन्छ तर अन्य बाइकलमा शोरुममा लुकिङ ग्लास लगाउने गरिन्छ । सर्भिसिङ र पार्टपुर्जा कम्पनीबाटै आएको ओरिजिनल पाउन सकिने गरी उक्त बाइक बिक्रीमा ल्याएको बताइएको छ । ७ लाख ५० हजार मूल्य पर्ने उक्त बाइक उपभोक्ताको हितलाई ध्यानमा राखेर बैंकिङ प्रक्रियासमेत मिलाएको छ । त्यसो त जावाका नेपालमा ६ लाख २० हजार पर्ने ३०० सीसी क्षमताको बाइक जावा ४२ सिंगल एबिएस, ६ लाख ४८ हजार पर्ने जावा ४२ डियुल एबिएस, ६ लाख ४८ हजार ५ सय रुपयाँ मूल्यको जावा क्लासिक सिंगल एबिएस, ६ लाख ७६ हजार ५०० मूल्यको जावा क्लासिक डियुल एबिएस पनि नेपाल भित्रिएर बिक्री वितरण भईरहेको कार्यक्रममा बताइएको छ ।
यसैगरी उक्त उद्घाटन कार्यक्रममा पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कासहित सञ्चारकर्मीहरुको उपस्थिति रहेको सो उद्घाटन कार्यक्रममा बाइकका पाखरी रामधुनी नगरपालिकाका वडा नं. १ का वडाअध्यक्षको समेत उपस्थिति रहेको थियो ।


कुदने र एक जनाको मात्र सिट क्षमता भएको बताइएको छ । समुदघाटनमा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम पौडेलले इटहरी सबै प्रकारको ब्यापारिक हब बनिसकेकोले मोटरसाइकलको ब्यवसाय पनि फस्टाएको बताए । उनले यस्ता प्रकारका ब्यवसायले शहरको बिकासमा ठुलो भुमिका निर्वाह गर्नुकासाथै मोटरसाइकलको पारखिहरूलाई रहर पुरा गराउने बताउँदै व्यवसायीको हितमा उद्योग वाणिज्यसंघ सँधै साथ रहेको बताए ।
रोयल इन्फिल्ड ३५० क्लासिक भन्दा कैयौ गुण राम्रो भनिएको यो बाइक १९२९ मा चेक रिपब्लिकबाट सुरु भएको हो । त्यसपछि ह्वात्तै अधिकांश देशहरुमा बजारीकरण गर्न सफल यो बाइकलाई यामाहा, होण्डा बाइक बजारमा आएपछि भने बजार गिर्न पुगेको थियो । २०१८ मा महेन्द्र कम्पनीसँगको साझेदारीमा नयाँ नयाँ सुविधाहरु थप गरेर यो बाइक बजारमा आएसँगै नेपालमा पनि भित्रिएको हो । कार्यक्रममा बताइए अनुसार उक्त बाइक यतिखेर विश्वका १ सय ४२ वटा देशमा बजारीकरण भइसकेको छ । करोडौं करोड लगानी गरेर यसको शोरुम खोल्ने प्रतिष्पर्धा पनि उत्तिकै चलिरहेको छ । जावा ४२ र जावा क्लासिकका दुई वटा बाइकहरु नेपालमा भित्रिएपछि अन्य विभिन्न डिजाइनका बाइकहरुको बिक्री वितरण भइरहेको र युवाहरुको बाइक चढ्ने सौखलाई पुरा गरिरहेको यसका पारखीहरु बताउँछन् ।