रायुजा सवाददाता
काठमाडौं । राष्ट्रति विद्यादेवी भण्डारी आज बंगलादेशका दुई दिने राजकीय भ्रमणमा जाँदैछिन् ।
बंगलादेशका राष्ट्रपति समकक्षी मोहम्मद अब्दुल अमिदको निमन्त्रणामा राष्ट्रपति बिद्यादेवी भण्डारी बंगलादेश भ्रमणमा जाने भएकी हुन् ।
भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच विभिन्न क्षेत्रमा समझदारी हुने छन् । सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र, कृषि तथा पशुपन्छीमा प्रयोग हुने विषादीलगायतका विषयमा छलफल हुने सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
त्यस्तै रेल्वे, यातायात, बन्दरगाह सुविधालाई नेपालसाग जोड्ने, बंगलादेशले नेपालबाट विद्युत खरिदका लागि गरिरहेको पहलका विषयमा पनि छलफल हुनेछ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपिता रहमानको सतवार्षिकी जन्म जयन्तीमा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारी बंगलादेशी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा पनि सहभागी हुने कार्यक्रम छ । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारकको भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी र एक सांस्कृतिक टोली पनि रहने छ ।
सो अवसरमा राष्ट्रपति भण्डारीले ढाकास्थित नेपाली दूतावास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने तालिका पनि रहेको छ । राष्ट्रपति भण्डारी आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।