रायुजा संवाददाता
विराटनगर । नेपालमा पुनः कोरोनाको प्रभाव बल्झिन खोज्दै गर्दा बिहीबार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रलायका अनुसार देशभरका २ हजार ८ सय ९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय २० जना संक्रमित पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २,७६,५०९ जना पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ३,०२० जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८५ जना संक्रमित निको भएका छन् भने निको हुनेको कुल संख्या २,७२,२७२ जना पुगेको छ ।