एक वर्षको अवधिमा आगलागीबाट १ अर्ब ६६ लाखको क्षति, चट्याङ र आगलागीबाट १ सय ५२ को निधन

89

रायुजा संवाददाता
काठमाडौं । नेपालमा प्राकृतिक विपत्तिका घटनाका कारण वर्षेनी ठूलो मानविय तथा भौतिक क्षति हुँदै आएको छ । त्यो क्रम यो वर्ष पनि रोकिएन । प्राप्त विवरण अनुसार २०७७ वैशाख १ देखि चैत १३ सम्म २ हजार १ सय ७८ आगलागीका घटना हुँदा ८३ जनाले ज्यान गुमाएका छन् भने १ अर्ब ६६ करोडको क्षति भएको सरकारी तथ्याङ्क छ । विशेष गरि चैत÷बैशाखमा आगलागी, डढेलो, चट्याङ जस्ता विपत्तिका घटना हुने गरेका छन् । चैत÷बैशाख पछि असार, साउनमा बाढी पहिरोका घटनाहरु हुन्छन् । यस्ता दैविक विपत्तिका घटना न्युनिकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट ठूलो धनराशी राहत र सहयोगको नाममा खर्च भईरहेको छ । त्यति नै रकम सरकारको तर्फबाट जनचेतनामूलक कार्यक्रम तथा प्रचारप्रसारमा भईरहेको छ यद्यपि यि सबै प्रयत्न वालुवामा पानी बराबर भइका देखिन्छन् । त्यस्तै मानविय क्षतिको डरलाग्दो तथ्याङ्क चट्याङबाट ज्यान गुमाउनेहरुको पनि रहेको छ । यो वर्ष देशका विभिन्न भागमा २ सय ४३ पटक परेको चटयाङबाट ज्यान गुमाउनेहरु६९ रहेको नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कले उल्लेख गरेको छ । यसरी हेर्दा दुई वटा दैविक विपत्तिका घटना आगलागी र चट्याङ्बाट भएको मानविय क्षतिको तथ्याङ्क यो वर्ष १ सय ५२ रहेको छ ।