सहदेव कार्की
इटहरी । सरकारको राष्ट्रिय संकल्पसहितको नारा छ ‘सुखि नेपाली र समृद्ध नेपाल’ । यहि नारालाई सार्थक तुल्याउन ४ दशक बढी झुप्रोमा बस्दै आएका इटहरीका एक व्यक्तिले हुरिबतास, वर्षायामको झरीबाट बच्न झुप्रोबाट माथि उठेर घर बनाउन खोज्दा स्थानीय भद्रभलादमी समाजसेवीहरुले आलोचना, विवाद र झमेलामा फसाएको आरोप लगाएका छन् ।
इटहरी उपमहानगर वडा नं. ६ (साविक ४) आइतबारे पश्चिम वडा ५ जाने खेतीखोला मितेरी पुलक्षेत्रमा विगत ४० वर्षदेखी बसोबास गर्दै आएका गोपालबहादुर तामाङ र छोरा श्याम तामाङ परिवारले वडा नं. ५ मा भोग्दै आएको ऐलानी जग्गामा विगतको सानो साँधुरो छाप्रो घर बदलेर सहज घर बनाउन खोज्दा खेतीखोला पुर्वपट्टी ४ नं. क्षेत्र रहेका छिमेकी लालबहादुर पौडेल लगायतले तामाङमाथि अन्याय गरेर विवाद र कानुनी झमेलामा फसाएको आरोप लगाएका हुन् । पौडेल पक्षले तामाङ परिवारको नयाँ घरमा बस्ने सपना पुरा हुन नदिन कामै रोक्का गराएको पीडित तामाङ परिवारले बताएका छन् ।
उक्त जमिनमा श्यामका बाउ बाजे समेतले भोगचलन गर्दै आएका हुन । यतिका वर्षसम्म उक्त घरजग्गामा कुनै विवाद र झमेला नआएको तर अहिले आफ्नो घर नयाँ बनाउन खोज्दा पारिपट्टिका छिमेकीको आँखा परेको तामाङ परिवार बताउँछन् ।
साँधुरो अवस्था रहेको पुरानो छाप्रे असहज घरबाट मुक्त हुने विचारले इष्टमित्र साहु कर्जा लिँदै केही सहज घर बनाउन लागेको थिए तर पौडेल लगायतले खोला क्षेत्रको आफ्नो सिमेन्टेट विल्डिङ बचाउदै तामाङ परिवारलाई अति नै दुख र यातना दिन थालेपछि तामाङ परिवार वडा नं. ४ र ५ का वडाअध्यक्षलाई भईरहेको कामको जाँच बुझ गरी यथार्थ, सत्य तथ्य बाहिर ल्याई काममा परेको बाधा फुकाई सहज गराईदिन अनुरोध गर्दै पुगेका छन् ।
वडा कार्यालय तथा जिल्ला प्रशासन कार्यलयमा हुने छलफलमा दुवै पक्ष अनिवार्य हुनुपर्नेमा उजुरीकर्ताको तर्फबाट कोही उपस्थित नभई, छलफलमा नआईदिने आए पनि समय गुजारेर आउने तर काममा अवरोध खडा गरिरहने गरेको तामाङ परिवारले बताए । सि.डि.ओ. कार्यालय तथा वडा कार्यालयले आपसी समझदारी गराउन बोलाए पनि निकै समय कुर्न परेको गुणासो तामाङले सनाए ।
विवादित निर्माणधिन संरचना पुरानै घरबस्ती भएकोले त्यसलाई छोडेर इ.उ.म. बाट रु ५० हजार समेत दिलाई सिंचाई विभाग समेतको संयुक्त प्रयासमा खेतीखोला मितेरी पुल क्षेत्र दुवै किनारामा ग्राभेलिङ वाल तारजाली लाउने काम पनि पुरा भई आएको हो ।
विपक्षले तामाङलाई खोला किनारमा घर नबनाउन भन्दै असह्य व्यवहार र दुख दिने अन्याय गर्दै आएकोले पिडित गोपाल श्याम तामाङले सामुदायिक न्यायको अपिल गर्दै आउदाँ इटहरी उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्षबाट ९ चैत्र सोमबार न्यायको सुनुवाई गर्दै निर्माणधिन कार्य अघि बढाउन सल्लाह दिएपछि पिडितको पक्षमा डेलिकेशन गएका स्थानीय खुशी हुदँै यसो भन्छन – पिडक विपक्ष वडाध्यक्षको सम्पर्कभन्दा टाढा रहेकोले भाग्दै हिडेकोले निकै झमेला सहे पनि घर बनाउने कार्यमा न्याय भएको वडाध्यक्षले दिएको सल्लाह सही रहको सहभागी गोपाल तामाङ चन्द्र गोङदेन, रुचा केसी, जानुकला तामाङ, शिवुजी राय लगायतले विपक्ष पिडक पौडेल लगायतलाई छलफलमा पनि नआएको कारणले यस्तो भुमाफीयाको जालो सामुदायिक कारवाही गर्दै मास्न पर्ने नितीविधीको खाँचो भएको बताए । विपक्षहरुले मनोमानी तरिकाले आफ्नो स्वार्थ अनुकुलको दुविधा दिने थिती हुर्किदै आएकोले यस्तालाई मास्न जरुरी भएको बताए ।