रायुजा संवाददाता
काठमाडौं । काठमाडौंबासीको तीन दशक लामो प्रतिक्षापछि बहुत तथा बहुप्रचारित परियोजना मेलम्चीको अमृत जलसरी बनेको खानेपानी आजदेखि चाख्न पाएका छन् । सुन्दरीजल आइपुगेको पानी धारामा आउने भएपछि उपत्यकाबासीले मेलम्चीको पानी चाख्न पाएका हुन् । धारोमा थोपा चुहिएका देखाएर सकिने हो वा अब धारोमा पानी अविरल आउने हो भन्नेमा काठमाडौंका जनता भने द्वविधामा रहेका छन् । यद्यपि यति ठूलो प्रतिक्षाको फल आफ्नो घरमा आइपुग्दा काठमाडौंबासी हर्षित देखिन्छन् ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको पानी धारामा आइतबार दिउँसो दुई बजेदेखि केयुकेएलले धारामा पानी छोडेपछि उपत्यकाबासी हर्षित देखिन्छन् । महांकालको ट्यांकीमा चढाइएको पानी दुई बजेदेखि धारामा पठाइएको केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। राईका अनुसार मीन भवन, अनामनगर, बाँसबारी, बालाजु र महाराजगञ्जस्थित रिजर्भ ट्यांकीमा पनि पानी चढाएर वितरण गरिने छ।
पहिलो चरणमा चक्रपथभित्र र आसपासका झण्डै दुई लाख धाराका उपभोक्ताले मेलम्चीको पानी पिउन पाउने उनले जानकारी दिए। उनका अनुसार पुरानै पाइपलाइनका १ लाख ८० हजार धारा र नयाँ संरचनाका २० हजार धारामा पानी पठाइने छ।

May be an image of 11 people, people standing and outdoors
सन्त नेता तथा पूर्व प्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराइले काठमाडौंबासीलाई शुद्ध र अमृतसरीको पानी खुवाउने सपना आजदेखि पुरा हुँदैछ । २०४६ सालको जनआन्दोलनपछि बनेको सरकारका प्रधानमन्त्री सन्त नेता स्व. भट्टराईको सपनालाई २०५१ सालबाट विधिवत लागु गर्दै आश्वासन र झुटा सपनाका भरमा कमिशनको उर्वरस्थल बनाएकै भरमा झण्डै डेढदर्जन प्रधानमन्त्रीहरुले शासन सत्ता हातमा लिइसकेपछि अहिले केपी शर्मा ओलीको पालामा उक्त अमृत जल काठमाडौं झर्ने भएको हो ।
काठमाडौंमा सुरुमा ४ करोडदेखि साढे ६ करोड हुँदै साढे ८ करोड लिटर मेलम्चीको पानी झर्नेछ। वैशाखसम्म मात्रै मेलम्चीको १७ करोड लिटर पानी काठमाडौं आइपुग्नेछ। ट्रायलको क्रममा पहिलो दिनमै सबै ठाउँमा पानी नआउन पनि सक्छ ।
मेलम्चीबाट सुन्दरीजल आइपुगेको पानी ट्रिटमेन्ट प्लान्टमा पठाउने कामको शुक्रबार खानेपानी मन्त्री मणिचन्द्र थापाले शुभारम्भ गर्नुभएको थियो । प्रशोधन केन्द्रको निरीक्षणमा पूर्वमन्त्री बिना मगर सुन्दरीजल पुग्नुभएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ, भने उपत्यकामा दैनिक ४० करोड लिटरभन्दा बढी माग छ।
यो ३० बर्षको अन्तरालमा नेपालले १४ वटा प्रधानमन्त्री पाइसकेको छ, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, मनमोहन अधिकारी, सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द, शेर बहादुर देउवा, पुष्प कमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिल राज रेग्मी (मंत्री परिषद अध्यक्ष), सुशील कोईराला, के पी ओली र हाल पुष्प कमल दाहाल, शेरबहादुर देउवा हुँदै हाल केपी शर्मा ओलीसहितको विशेष चासोको रुपमा चिरपरिचित हुँदै आएको छ उक्त परियोजना ।
मेलम्ची खानेपानीका इतिहास पनि पढौं ।
सन २००९ मा मेलम्ची आयोजनाको सुरुङ निर्माण काम चाइना रेल्वेले सुरु गरेको थियो । चाइना रेल्वेले सन् २०१३ को सेटेम्बरसम्म काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो जसमा साढे ४ वर्षमा २७ किमी सुरुङ निर्माण सम्पन गर्नु पर्नेमा साढे तीन वर्षमा बल्लतल्ल ६ किमी मात्र सुरुङ खनेर सन् २०१२ को सेप्टेम्बरमा चाइना रेल्वेले एकतर्फी ठेक्का सम्झौता तोडेको थियो। समयमै आयोजना सम्पन्न गर्ने भए थप ४ अर्बभन्दा बढी रकम चाइना रेलवेले माग गरेपछि मेलम्ची विकास समितिले ऊसँग ठेक्का सम्झौता रद्द गरेको थियो।
बाँकी कामका लागि मेलम्ची खानेपानी आयोजनाले डिसेम्बर २०१२ मा मुहान र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डरमा चीन, जापान र इटालीका कम्पनीहरूले आर्थिक र प्राविधिक प्रस्ताव हालेका थिए।
सन २०१३ मा इटालीयन कम्पनीको–अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) र भारतको दिराभेनाको संयुक्त उपक्रमले बाँकी २१ किलोमिटर सुरुङ सन् २०१६ को सेप्टेम्बरमा खनिसक्ने गरी सरकारसँग ७ अर्ब ७२ करोड रुपैयाँमा ठेक्का लिई काम सुरु गरेका थिए। मेलम्ची आयोजना तीन चरणमा सम्पन्न गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउने सरकारी योजना छ ।
सिन्धुपाल्चोकको मेलम्ची, यांग्री र लार्के खोलाबाट १७र१७ करोड लिटर पानी ल्याइने जनाइएको छ। मेलम्ची आयोजनाको पानी काठमाडौंमा ल्याउन केही समयअघि जापानी नियोग ९जाइका० को ऋण सहयोगमा महांकाल चौरमा पानी प्रशोधन केन्द्र निर्माणका लागि भीएटेक–प्रतिभा इन्डस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । पानी प्रधोधन केन्द्र निर्माणका लागि भीएटेक–प्रतिभा कम्पनीले ४ अर्ब २० करोड ४६ लाखमा ठेक्का पाएका छन्।
२०७४ असोजमै काठमान्डौमा पानि आउनेमा अझै शंका छ, मेलम्चीको पानी राजधानीसम्म ल्याउन मेलम्ची खोलादेखि सुन्दरीजलसम्म करिब २७ किलोमिटर लामो सुरुङमार्ग निर्माण गर्नुपर्ने छ। काम कति भएको छ त्यसको लेखाजोखा मेलम्ची खानेपानी आयोजना लगायतसरकारी निकायले गरेकै होला।
अहिले सम्मको विवरण हेर्दा नेपाली जनतालाई झुक्याउने भन्दा अरु कुनै काम सरकारी निकाय तथा देशका नेत्रित्वबर्ग बाट हुन सकेको छैन। सन २००२ मा आयोजनाको भौतिक निर्माण कार्य सुरु भएकोमा निर्धारित तालिकभित्र काम पूरा नहुँदा तथा ठेक्का दिने नीति नियममा कडाइ, जरिवाना र धरौटी ब्यबस्थापनमा सरकारी नीति नियम फितलो भएकै कारणले गर्दा राज्यले अर्बौको नोक्सानी बेहोर्नु परेको छर्लंग हुन्छ। एउटा परियोजनाको काम गर्न आयोजनाको तालिका ३ पटक सम्म संशोधन भइसकेको छ। यसको जिम्मेवारी संबन्धित निकायले लिने कि नलिनेरु
तत्कालिन मन्त्रि तथा सरकारी निकायका कर्मचारीहरुले पनि यस्तो प्रतिबद्धता गरेकै हुन । हरेक वर्षको एक दिन मेलम्चीको पानी काठमाडौं झर्ने आवश्वासनमा पर्दै आएका काठमाडौंबासीले आज आफ्नो धाराको टुटीमा उक्त पानी चुहिएको देख्न त पाउने छन तर परिक्षणकाल भएकोले उपभोग गर्न पाउने कि नपाउने भन्ने चाहि निश्चित छैन ।

विभिन्न अनलाईनबाट