रायुजा संवाददाता
विराटनगर । प्रदेश १ का झापा,मोरङ, सुनसरी, सप्तरीसहित तराई–मधेसका जिल्लाहरुमा आज सोमबार रंगहरूको पर्व फागु (होली) हर्षोलासपूर्वक मनाएको छ । युवा जमातहरु जो सडकमा आउनुपर्ने उनीहरुको बानीका कारण केही ठाउँहरुमा युवाहरुको भिड देखिन्थ्यो भने अलि पाका उमेरका, घरपरिवारको जिम्मेवारी बोकेकाहरुले घरभित्रै होली पर्व मनाएर मिष्ठान्न भोजन बनाएर खाएर मनाएा छन् । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।
होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिमा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।