रायुजा संवाददाता
इटहरी । होलीकै दिन मादक पदार्थ खाएर लट्ट भएका इटहरी २ का जीवनाथ रेग्मीले छिमेकी केशव कार्कीका क्रुर तरिकाले हत्या गरेर भाग्दै गर्दा इटहरी प्रहरीले तुरुन्तै पक्राउ गरेको छ ।
पुरानो रिसिईबी साध्न कार्कीलाई सुतेकै अवसथामा सुँगुर मार्ने झिरले रोपेर हत्या गरि फरार हुन खोज्दा छिमेकी जीवनाथ रेग्मीलाई इलाका प्रहरी कार्यालय इटहरीले हत्या भएको एक घण्टाभित्रै पक्राउ गरेको डिएसपी अर्जुन केसीले बताएका छन् । डिएसपी केसीका अनुसार कार्कीको हत्या सुतेकै अवस्थामा सुँगर मार्ने झिरले रोपेर गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताएका छन् । यो समाचार तयार पार्दाको अवस्थासम्म रेग्मी मादक पदार्थले लठ्ठ परेको डिएसपी केसीले बताए ।