मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव फिर्ता

3

रायुजा संवाददाता
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता भएको छ ।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताइदिएकाले त्यसअघि नै दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिएको माधव पक्षका प्रदेश सांसदहरूले बताएका छन्। प्रदेश सभा सदस्य भीमप्रसाद आचार्यसहित १६ जनाले अविश्वास प्रस्ताव फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्। प्रदेश १ मा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका राई मुख्यमन्त्री छन्। तत्कालीन नेकपा हुँदा माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका सांसदले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here