सहदेव कार्की
इटहरी । इटहरी उपमहानगरपालिकाले यो वर्ष १ अर्ब भन्दा बढीको भौतिक संरचना बनाइ छाड्ने अठोटका साथ इटहरीका विभिन्न वडाबासीको स्वास्थ्यमा पहुँच पु¥याउँन वडास्तरीय स्वास्थ्य इकाई भवन स्थापनाका लागि जग्गा प्राप्त भईसकेका स्थानहरुमा भवन बनाउन शिलान्यास कार्यक्रमले तिव्रता पाएको छ ।
सोही क्रममा वडा वासिन्दाको सुविधाको निम्ति जेष्ठ नागरिक प्रतिक्षालय सँगैको जग्गामा २७/२४ फिटे ४ कोठे स्वास्थ सेवा केन्द्र भवन पनि बन्ने भएको छ ।
इटहरी उपमहानगरपालिका कार्यालय परिसर पुर्व तर्फ रहेको साँढे ५ धुर बढी जमिनमा ६ नं. वडा बासीलाई स्वास्थ्यमा पहुँच पु¥याउन आधारभुत स्वास्थ्य सेवा भवनको एक कार्यक्रमबीच शिलान्यास भईसकेको छ । चैत्र १२ विहीबारका दिन गरिएको उक्त भवनको शिलान्यास कार्यक्रममा उपमहानगर प्रमुख द्धारिकलाल चौधरीको प्रमुख आतिथ्य साथ ६ नं. वडाध्यक्ष दिपक गौतमको सभाध्यक्षतामा विशिष्ट अतिथी उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रशाद सापकोटा, ६ नं. जनप्रतिनिधी र जेष्ठ नागरिकहरुको आतिथ्य माझ ब्रह्माणीय स्वस्ती शान्ति वाचनका साथ इँटा विच्छ्याएर सिमेन्ट हालेर सिलान्यास भएको थियो । वर्तमान संघीय सरकारको नितीअनुसार देशभरका पालिका र सरकारी निकायमा स्थानीय मानिसलाई स्वास्थ्य सेवा पु¥याउने लक्ष्य अनुरुप इटहरी उपमहानगरपालिका भित्र यस अघि १३ वटा वडा कार्यालय स्वास्थ्य सेवा भवनको शिलान्याससँग निर्माण कार्य भईरहेको छ ।
स्वास्थ्य सेवा भवन शिलान्यास हुन बाँकी रहेका स्थानमा क्रमश गर्दै नगरपालिकाको उद्देश्य रहेको छ । ६ नं वडा क्षेत्र मात्र नभई सबै नगरबासीलाई स्वास्थ्य सेवा सहज हुने चौधरीले शिलान्यासका क्रममा बताएका छन् । उक्त भवन निर्माणको अनुमानित खर्च ३८ लाख ८६ हजार ८ सय ८६ रुपैया रहेको मध्ये बोलकवुल माध्यमद्धारा प्रतिस्पर्धा गराई सबै भन्दा कम लागत माग बमोजिम इटहरी ५ को पाथीभरा कन्ट्रक्सनले २६ लाख ५ हजार ६ सय ८० रुपैया कबोल स्विकृत भई समय अवधिभित्रै गुणस्तरीय निर्माण कार्य पुरा गरी बुझाउने भएको शिलान्यास कार्य सम्बोधनमा व्यक्त गरेका थिए । सबै प्रकार सर्वसाधरणलाई सहज हुने गरी परिसरको पुर्वपटिट् रहेको गेट बाटो खुल्ला गर्ने साथै आधुनिकिय अपांग मैत्री सुविधा सम्पन्न स्वास्थ्य सेवा भवन निर्माण हुने वरिष्ठ इन्जिनीयर जीवन घिमिरेले बताएका छन् भने ६ नं वडा सचिव अर्जुन सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।
इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीले फेसबुक स्टाटसमा लेखेका छन–यो बर्ष इटहरीमा एक अर्ब बढीको भौतिक संरचना निर्माण हुने छन र इटहरीमा बिगतका बर्ष भन्दा बढी भौतिक निर्माण हुने छन। ८५ करोडका योजना टेण्डर भइसकेको र ४० भन्दा बढी वहुवर्षीय योजना समेत टेण्डर प्रक्रियामा रहेको छ। इटहरीमा गत बर्ष सुरु भएका ११ बहुबर्से सडक मध्ये पाँच वटा बहुवर्षे सडक निर्माण भइसकेको छ। बाकी सप्पन्न हुने चरणमा छ्न। छिटैनै हामी उद्घाटन गर्ने छौ।
कोरोना महामारी र प्रतिकुल राजनीतिक अवस्थामा पनि इटहरीमा विकासले गति लिइरहेको छ। पार्टीभित्र देखिएका विवादले विकास निर्माणलाई कुनै असर नपर्ने समेत नगरप्रमुख चौधरीले फेसबुक स्टाटसमा लेखेका छन् ।