रायुजा संवाददाता
इटहरी । खनार बजार क्षेत्रको विराटनगरतर्फ जाने सडकको पुरानो पुलले नयाँ जिवन पाउने क्रममा दुईतर्फी १०÷१० मिटर लम्बाई चौडाईका सहायक क्यानल व्रिज बन्ने भएको छ । राजा महेन्द्रको पालमा २०२६–२७ साल तिर विराटनगर तर्फको विकास क्रमलाई नजिकबाट नियाल्ने क्रम जारी रहदा बनेको सडक तथा खनार गाउ पंचायत बजार व्यवस्थापनको बेला डगरमा बस्ती बसाउदै गर्दा सानो र छरितो २० फिटे नहरको पुल बनेको झण्डै ५० वर्ष पार गरेको खनार क्षेत्रको सडकमा नहरको पुरानो पुलले पुर्नजिवन पाउने हुदाँ स्थानीय र सबै यात्री हर्षित भएका छन् । इटहरी उपमहानगर वडा नं १२ (साविक खनार ४ ) मा परेको नहरमाथी रहेको पुरानो पुल मानवीय गुणस्तर विकाससँगै सवारी साधनको बढ्दो चापले जाम हुने आवतजावत गर्न सबै प्रकारका यात्री निसासिनु पर्ने सँगै त्रस्त अवस्थाबाट मुक्ति हुने १०/२० फिट लम्बाई चौडाईको दुईतर्फी नया पुल बन्ने र उपभोग गर्न पाइने भएकोले देख्ने तथा आवतजावत गर्ने जोकोही खास्खुस गर्दै हर्षित भएका हुन्छन् । इटहरीमा रहेको सडक विभागको सक्रियतामा सपना, देव एण्ड भुमी जेभी संयुक्तको निर्माण कार्य भईरहेको सडक विभागका कर्मचारी दामोदर भटट्राईले बताए ।
आगामी आर्थिक वर्ष ०७८ अगावै पुरा गर्ने र बुझाउने लक्ष्य लिई दैनिक १५, १६ जना श्रमिकहरु लागी परेको साथै निर्माण व्यवसायीका इन्जिनियर सन्तोस साह समेत खट्दै आएको भेटियो । पुलको डिपवेस १० फिट रहने यसैगरी एफ.ई ५०० रड एक्सल रहने र साविक पुलको उचाई समान रहने कुरा भट्टराई तथा स्थानीयले बताएका छन् भने यस क्षेत्रबाट हिड्ने सवारी साधन र आवतजावतका सबै खाले यात्रुलाई भावी दिनमा सजिलो हुने कुरा पुर्व प्रधानपंच जुगुदनारायण चौधरी लगायतले हर्षित मुद्रामा बताएका छन् ।