देशको राजनीति विषम परिस्थितिमा मोडिएको छ । सबै राजनीतिक दलभित्र दाउपेज चलिरहेको छ । एउटै दलभित्र एकआपसमा हिलो छ्याप्ने र निषेधको राजनीति गर्ने कामहरु भईरहेका छन् । यहि अवस्थामा सनातन धर्मसहितको राजसंस्थाको पक्षधरहरु पनि विभिन्न कार्यक्रम गदै आफ्ना मागहरु जोडतोडका साथ अगाडि सारिरहेका छन् । देशको बदलिँदो राजनीतिक अवस्थामा धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपालभित्र सनातन धर्म र राजसंस्थालाई अटाएर समग्रमा राज्यव्यवस्था अंगाल्ने सन्दर्भमा उठेका चर्चाहरुलाई केलाउन सनातन धर्मसहितको राजतन्त्रात्मक मुलुक निर्माणमा जुटेका वा अहिलेको राज्य व्यवस्थाको विकल्प खोजिरहेका बेला मोरङ जिल्लाका शिवसेना नेपालका अध्यक्ष सतिस पोखरेलसँग रायुजा सहकर्मी सहदेव कार्कीले गरेको कुराकानी ।

शिवसेना नेपाल के मा व्यस्त छ ?
हाम्रो सांगठानिक अभियान युवाहरुलाई झक्झ्याउदै अव्यस्थित राजनितीक अवस्थालाई धार्मिक आदर्शवान नितीविधीमा समाहित गर्न सचेतना फैलाउने कार्य भईरहेको शिवसेना नेपाल मोरङका सतीष पोखरेलले जानकारी गराएका छन् । देशमा सरकार रहेकाले व्यवस्था निर्धारण गर्दै सबै कुरा संरक्षित गर्छ यहाँ त लुच्छाचँुडी प्रतिस्पर्धीको रजाई अव्यवस्था चल्दै आएको हुदा नेपालभर संगठन विस्तार भईरहेका छन् तर मोरङको सवालमा नगर अध्यक्ष, मजदुर, किसान, युवक र विधार्थी संगठन सक्रिय छन् । संयुक्त जुटेर वर्तमान राष्ट्रको संकट समाधानमा नेपाली जनसमुदायको घरदैलो सम्म पुग्दै जिज्ञासाहरुको सचेतनामुखी सहजीकरण गर्दै आईरहेको साथै राजनीति भनेको राष्ट्र संचालन गर्ने मुख्य नीति भएकाले देशवासीलाई सुरक्षित रहन राष्ट्रको मुख्य आधार राजनिती खाँचो हुने बुझाउदँै आएको अध्यक्ष पोखरेलले बताएका छन् ।
कस्तो जिज्ञासा आउने गर्छ ?
हामी नेपाली वैदिक विधीका अनुयायी भएको हुनाले राजसंस्था सहित हिन्दु राष्ट्र पुनस्थापन हुनु पर्ने र संघीय निरपेक्षता खारेज गरिनु पर्छ भन्ने मुख्य गुणासो आउछ । तर यही एजेण्डा लिएर हामी जनसमुदाय माझ पुग्ने गरेको हुनाले आगामी दिनमा हाम्रो विधी विधानको राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको बताए । यहाँ कुल जनसंख्या मध्य झण्डै ८० प्रतिशत मानिस वैदिक विधी कै हिन्दु राष्ट्र र राजसंस्था चाहाने मानुभावहरुको अमिट गुणासो रहेको छ । यसलाई ताजा गराउन राजसंस्था सहितको हिन्दु राष्ट्रप्रति चिन्तित रहेको पाइएको हुनाले विभिन्न कोणबाट उहाँहरुको मनोभावना बुझ्दा हाम्रो तर्फबाट पनि चाहेजति सचेतना कार्य गर्न कम भईरहेको हो की भन्ने महसुस हुदैछ । एकातर्फ राजा, महाराजाहरुको नाम जोडेर धार्मिक हइम चलाउनेहरु एकढिक्का भए छिट्टै सबैको जिज्ञासा पुरा हुने अध्यक्ष पोखरेल बताउछन् ।
अभियान अघि बढ्न कसैको आर्शिवाद रहेको छ कि ?
शिवसेना नेपालका अभियान्ताहरु पदीय आशा त्यागेर देश र जनताको निम्ती सबै ठाँउ पुग्दै सकरात्मक कार्य गर्दै जाँदा डाहा गर्नेहरु जहाँ पनि हुन्छन् तर कसैको आर्शिवाद नभई विशुद्ध नेपाली जनताको सर्मथन र आर्शिवाद रहेको पोखरेलले बताउछन् ।
शिवसेना नेपालबाट के आशा गर्न सकिन्छ ?
शिवसेना मात्र होइन यहाँका कुल जनसंख्या मध्ये नेपालीको चाहाना लादिएको धर्म निरपेक्ष संघीयता खारेज सँगै राजसंस्था सहितको हिन्दु राष्ट्र हुनु पर्छ भन्ने हाम्रो उद्देश्य रहेको हुनाले धेरै संघ संस्थाको एजेण्डा पनि मिलेको हुनाले ८० प्रतिशत भन्दा बढी जनसमुदायले साथ दिइरहेका पाइएको छ ।
लोकतान्त्रिक सरकार फेल खाएकै होकी ?
नेपाल भू – राजनीतिमा वैदेशिक रिमोटरको चलखेल भईरहनाले विगतमा नेपालीले धर्म निरपेक्षता माग नभएको एजेण्डा लादियो र थेप्चो, नेप्टो, चुच्चे जस्ता जातिय विभेद गराई संधियार सद्भाव विभाजित गरिएको छ । हाम्रो समाजमा आफ्नोपन ध्वस्त हुदैँ सकिदै गएकोले नेपाली व्यक्ती हुँ भन्ने त जन्मिनै छोडेर शुन्य अवस्था छ । अचेलभरि जन्म लिदैँ पार्टी सदस्य र वैदेशिक ऋणी एजेण्ट भएर देखा पर्ने अनि राष्ट्रिय झण्डा बोक्न छोडी सकेका छन् । अभिभावक देखी राष्ट्रिय शिक्षा नितीमा विदेशी मह दलेको रंगिन प्लाष्टिक दिएर यहाँको असली बास्मती चामल साट्दै लैजाने गरेको कुरीति नबुझेर साथै आर्कषक पोशाक प्रपिस्पर्धा गराउदै आफ्नो आदर्श गुमाउदै एकोहोरो तमाशा टुलुटुल हेर्दै बस्नु परेको छ । यसरी विदेशी एजेण्टहरुले अजिना हालिदिएको बेलुन चुस्दै स्वादमा नभुलिकन टाढा रहदै भावी दिनमा शरणार्थी हुन बाट बच्न जागरुक हुन जरुरी भईरहे नेपालको रजसंस्था पुनस्थापना गराउन जरुरी भएको सबैले बुझ्नुपर्छ भने हामी आफुहरु निरन्तर लागी परेको पोखरेलले बताए ।
सुधार कार्य कसरी गर्न सकिएला त ?
शिवसेना नेपालले निरन्तर नेपाली जनताको घर दैलो सम्म पुगेर विगतका घटनाक्रम बुझाउदँै आपसी सद्भाव राख्दै हरेक सुख, दुखमा सहकार्य गर्दै आउँदा हाम्रो उदय अभियानले देश र देशवासीको चाहानामा एउटा ईँटा थप्ने काम भइरहेको सुझाव दिने सुभेच्छुकहरु प्रसस्त भेटिन्छन् । अर्काेतर्फ राज्य सरकारको आजसम्मका गतिविधीले जनताहरु वाक्क दिक्क भएका छन् । हुइम लहडमा बाउ कांग्रेर भए छोरो र साथी ग्याङ समेत कांगे्रस, कम्युनिष्ट, विचल्लित अव्यवस्थित राजनितीक दलको गुट हुदैँ आएको हुदाँ हाम्रो देशको नैतिक आर्दश मौलिक संस्कार के हो, यहाँको भौगोलिकतालाई सुहाउदो रितीथिती के हो भन्ने चिन्न र बुझ्न राजनीतिमा संलग्नले आफ्नो हठ त्यागेर बाटो विराएकाहरु समेटिएर शिव सेना नेपालको सिद्दान्तमा ऐकबद्ध हुदैँ राजसंस्था सहितको हिन्दु राज्य पुनस्थापनाामा गोलबद्ध हुन जरुरी छ । संघीय धर्म निरपेक्षता खारेज भए सबै खाले समस्या सुधार हुने छ साथै हाम्रो उद्देश्य पनि यही लिएर अघि बढि रहेकाले निरन्तर अढी रहने अध्यक्ष सतीष पोखरेलले जानकारी गराएका छन् ।