रायुजा न्युज डेक्स
विराटनगर । आज अप्रिल १ तारिख अर्थात ढाँटेर मुर्ख बनाउने दिने । अप्रिलफुलको कारणले अहिलेसम्म धेरैले दुःख पाईसकेका छन् । अप्रत्याशित, अमानविय ढंगबाट मानिसलाई दुःखदिनेहरुलाई अघिल्ला अप्रिलफुलमा प्रहरीले पक्राउ समेत गरेर कारवाही समेत गर्नुपरेको थियो । नभएको कुरा, नहुने कुराहरु बनावटी ढंगबाट सुनाएर मानिसलाई आतंकित बनाउने काम अप्रिल फुलले गर्दछ ।
यसको सुरुवात कहाँबाट कसरी भयो भन्नेमा उकिन नभए पनि इतिहासकारका अनुसार १५८२ देखि अप्रिल फुल बनाउन शुरु गरिएको बताउँछन् । फ्रान्सले जुलियन क्यालेण्डरलाई हटाएर ग्रोगोरियन क्यालेण्डर प्रयोगमा ल्याएपछि अप्रिल फुल बनाउन थालिएको विश्वास गरिन्छ । त्यसको निर्णय काउन्सिल अफ ट्रेन्टले गरेको बताइन्छ ।
मानिसलाई बनाइयो मुर्ख
यो निर्णयका बारेमा सबैलाई एकै पटक जानकारी थिएन । मानिसहरुले विस्तारै विस्तारै यो विषयमा जानकारी पाउँदै गए । जो मानिसहरु एक जनवरीलाई नमाइ मार्चको अन्तिम हप्ता या १ अप्रिलका दिन नयाँ वर्ष मनाइरहेका थिए, उनीहरुलाई मुर्ख बनाउन थालियो । त्यतिबेला यसलाई ‘अल फूल्स डे’ नामले चिनिन्थ्यो । जसरी यो परिचित हुँदै गयो मानिसहरु एकअर्का विरुद्ध प्य्रांक गर्न थाले ।
केही इतिहासकारका अनुसार प्राचीन रोममा यस प्रकारको एक पर्व मनाइन्थ्यो । यसको नाम हिलारिया थियो र यो मार्च अन्तिम हप्तामा मनाइन्थ्यो । पूरै बेलायतमा अप्रिल फूल १८ औं शताब्दीदेखि लोकप्रिय भयो । स्कटल्याण्डमा एक परम्परा नै बन्यो । यहाँ यसलाई २ दिन मनाइन्थ्यो । सो क्रममा मानिसहरुलाई मुर्ख बनाइन्थ्यो ।
आधुनिक समयमा अप्रिल फूलका दिन प्य्रांकसँगै अफवाह पनि फैलाउन थालियो । यस्तो अफवाह फैलाउन पत्रिका, रेडियो, टेलिभिजन स्टेशन समेत सक्रिय थिए । यो दिन सञ्चार माध्यममार्फत हुँदै नभएका घटना प्रशारण गरेर दर्शक र स्रोतलाई मुर्ख बनाइन्यो ।
१९५७ मा बीबीसीले फर्जी समाचार प्रशारण गरेको थियो ।
बीबीसीले स्विट्जरल्याण्डमा स्फगेटीको बंपर बाली भएको समाचार प्रशारण गरेको थियो । मानिसहरुलाई मुर्ख बनाउनका लागि टेलिभिजनमा यस्ता नभएका दृष्य देखाइयो र मानिसले त्यसलाई विश्वास गरे । यस्ता समाचार १९८५, १९९६ र १९९८ मा पनि देखाइयो । मानिसले त्यसलाई विश्वास गरे अनि मुर्ख बने । एजेन्सी