फेसबुकको चिनजानले भेट हुने वित्तिकै बालिका बलात्कृत

72

रायुजा संवाददाता
उर्लाबारी (मोरङ)। मोरङको उर्लाबारी निवासी एक बालिका सुन्दरहरैंचाका एक युवकसँग फेसबुकबाट भएको चिनजान भेट हुने वित्तिकै बलात्कारमा परिणत भएको छ ।
उर्लाबराी–७ की ति १२ वर्षिया बालिकालाई सुन्दरहरैंचा –५ बासबारी अस्थायी बसोबास गर्ने २५ वर्षीया युवक गोविन्द हिङमाङले बलात्कार गरेका हुन् ।
बालिका उर्लाबारीको एक घरमा चैत १६ गते रातको १० वजेको समयमा बलात्कारमा परेको बताइएको छ ।
तेह्रथुम जिल्ला मेन्छायम गाउपालिका स्थायी ठेगाना भई हाल शुन्दरहरैचा नगरपालिका वडा नम्वर ५ बासवारीमा वस्ने वर्ष २५ का गोविन्द हिङमाङले उनिमाथी बलात्कार गरेको आरोप लागेको छ ।
फेसबुकबाट चिनजान भएर साथी बनेका तेह्रथुम मेन्छायम गाउँपालिकाका युवक र बालिका चैत्र १६ गते उर्लाबारी–७ स्थित खरी माया श्रेष्ठको घरमा भेट भएको र सोही समयमा बालिका माथी बलात्कार भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले बताएका छन् ।
बालिका बलात्कार गर्ने हिङमाङलाई पक्राउ गरि जवरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अवश्यक कानुनी कार्वाही थालिएको प्रहरीले जनाएको छ । बालिका बलात्कारको जाहेरी बालिकाका बुबाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा दिएका हुन ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here