रायुजा संवाददाता
धनकुटा । संखुवासभामा आज यात्रुवाहक बस सडकबाट २० मिटर तल खसेर दुर्घटना हुँदा १३ जना गम्भिरसहित ३२ जना घाइते भएका छन् ।
मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी नगरपालिका धर्मदेवी–४ को दोभान रिसोर्ट नजिक शुक्रबार बिहान दुर्घटना भएको हो।
घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बीपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल संखुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिए।
गम्भीर घाइते १३ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । १९ जनाको चैनपुरमा उपचार भइरहेको छ । घाइतेको नाम स्( मनमाया राई,सन्तोष राई, दल बहादुर दर्नाल, डम्बर बहादुर राई, सिता गुरुङ, पासाङ आङदे शेर्पा, चेतनाथ दाहाल, निशा दाहाल, कमला मगर, सरज्ञा मगर, अङकित मगर, हर्क बहादुर देवान, विर्ख बहादुर तामाङ, दिपकक राई, नगेन्द्र शंकर, रिता तामाङ, टाकाराम भट्टराई, महेश अधिकारी, अम्मर बहादुर बुढाथोकी, नारायण प्रसाद गुरुङ, रिदल गुरुङ, मदन बहादुर लिङदेन, सुनिल निलबेन, विजय राई, नखघर खनाल, तिर बहादुर बुढाथोकी, प्रकाश आचार्य, आङदावा शेर्पा रहेका छन् ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here