रायुजा संवाददाता
क्षेत्रिय रंगशाला इटहरीमा चैत्र १२ देखि सञ्चालित स्व. गिरिजाप्रसाद कोइराला स्मृति प्रदेश १ का नगरपालिका स्तरीय फुटबल प्रतियोगितामा बिहीबार धरान उपमहानगर टिमलाई पछार्दे विराटनगर महानगर टिम फाइनलमा प्रवेश गरेको हो ।
१९ गतेको प्रतिष्पर्धामा सुरु भएको झण्डै १७ मिनेटमा विराटनगरको रातो जर्सी टिमले १ गोल लगाएको थियो भने धरानले सेतो जर्सी टिमले झण्डै ११ मिनेटमा पहिलो १ गोल गर्न सफल भएको थियो । फाइनलको दावेदार स्पर्धामा धरानले २ गोल सुरक्षित गर्दा थप १ गोलले पराजित गर्दै विराटनगर महानगर टिम फाइनलमा प्रवेश भएको छ भने रातो जर्सी टिमका शुसान्त कार्कीले १ गोल ठोक्दा निक्कै लामो कसरत पश्चात सेतो जर्सीका धराने तपन कार्कीले पनि १ गोल लिएका थिए । यसरी समान स्पर्धा रहँदै हाफ समयपश्चात लामो रफ्तारको रोचक प्रतिष्पर्धा हुँदै गर्दा झण्डै ३२ मिनेटमा २ गोल च्यापेको धरानलाई थप १ गोलले पछार्दै विराटनगर टिम फाइनलमा रु.२ लाख पाउने जोश बटुल्टै दमक नगरपालिका टिमसँग आज शनिबार भिड्ने भएको छ ।
१९ गते बिहीबार भएको प्रतिष्पर्धा सुरु कार्यका प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख भिम प्रसाद पराजुली, विशिष्ट अतिथि नेपाली कांग्रेस पूर्व महासमिति सदस्य महेश बाँस्तोला, नेपाल ट्रेड युनियन कांग्रेसका सहमहासचिव ज्योति कोइराला, पूर्व राष्ट्रिय खेलाडी इन्दु रसाइली, प्रदेश १ फुटबल संघका सदस्य सुदिप उप्रेति, सुनसरीका सतिस केसी, राजा क्लबका पूर्व सभापति कमल राई, नेवि संघ सुनसरी सचिव नविन कटुवाल, युवा नेता पेशल कटुवाललगायत निक्कै जिम्मेवार व्यक्तित्वको बाक्लो सहभागिता माझ कुशल खेलाडीलाई प्रमुख अतिथि पराजुलीले नगद रु. ३ हजार साथ मेडल प्रदान गरेका थिए भने जीपी फाउण्डेशन युवा तथा खेलकुद विभाग प्रदेश १ का संयोजक सूर्य राईको अध्यक्षता साथै टंक दाहालको कार्यक्रम सञ्चालन गरेका थिए ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here