सहदेव कार्की
इटहरी । राष्ट्रिय सहकारी दिवसका अवसरमा इटहरी उपमहानगर समन्वय समितिले खुल्ला रक्तदान तथा रक्त संकलन कार्य गरेको छ ।
शुक्रबार जिल्ला सहकारी संघ तथा नगर समन्वय समिति सुनसरीको आयोजनामा इटहरी उपमहानगर सामु मितेरी होटल प्राङ्गणमा एक रक्तदान तथा रगत संकलन गरेको छ ।
सहकारीको ६४ औं राष्ट्रिय सहकारी दिवस मनाउने क्रममा रगतको अभावले छटपटाईरहेका विभिन्न ठाउँका अस्पतालमा रहेका बिरामीहरुलाई सहयोग पुगोस् एवम् पुर्नजिवन मिलोस् भन्ने उद्देश्य लिएर रक्त संकलन कार्य गरेको आयोजकका सभाध्यक्ष भोलाकाजी बस्नेतले बताएका छन् ।
यसैगरी प्रमुख अतिथि उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले विगतको कोरोना रोग संक्रमण त्रास बीच विभिन्न ठाउँका अस्पतालहरुमा रगतको अभवमा रहनु भएका बिरामीहरुको निम्ति पुर्नजिवन हुने अतुलनीय कार्य भएको बताएकी छन् । यसरी नै विशिष्ट अतिथि सुनसरी जिल्ला सहकारी संघका अध्यक्ष दामोदर प्रसाद कोइरालाले पनि रगत अभावका बिरामीलाई पुर्नजिवन दिने कार्य भएको व्यक्त गरेका छन् भने मोरङ रेडक्रस शाखा विराटनगरको स्वास्थ्य टोलीले सहकार्य गरेकोमा २७ पिन्ट बढी रक्त संकलन भएको कार्यक्रमका सञ्चालक सचिव जितेन्द्र बस्नेतले बताएका छन् ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here