रायुजा संवाददाता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भर्खरै मात्र उपचार गरी फर्किएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको निवासमा पुग्नु भएको छ । उक्त भेटका अवसरमा समसामयिक राजनीतिका विषयमा समेत छलफल हुने भएको छ । डल्लुस्थित खनाल निवासमा राष्ट्रपति भण्डारी र नेता खनालबीच छलफल चलिरहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारी इतिहासविद डा। महेशराज पन्तले स्थापना गर्नुभएको पुस्तकालयको उद्घाटन गर्न डल्लु गएका बेला नेता खनालसँग पनि छलफलका लागि खनाल निवासमा आउनुभएको स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो । भेटवार्ता सवा ४ बजेदेखि शुरु भए पनि अहिलेसम्म जारी रहेको उहाँले बताउनुभयो ।
पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भारतको दिल्ली जानुभएको थियो । उपचार गराई फर्किनुभएपछि उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र समसामयिक राजनीतिक विषयमा परामर्श गर्न राष्ट्रपति भण्डारी खनाल निवासमा आउनुभएको भट्टराईले जानकारी दिनुभयो ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here