रायुजा संवाददाता
काठमाडौं । विरोध गर्ने कोही नभएपछि बजार भाउमा अति प्रभावित वस्तु इन्धनको मूल्यमा आयल निगमको मूल्यबृद्धिको खेलो अझै निरन्तर चलिरहेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतबार एक सूचनामार्फत् निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँका दरले बढाएको जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको प्रभावले सर्वसाधारणले किनेर खाइनसक्नु भईसकेको छ । खाने तेलको मूल्य अकाशिएर गएको छ भने अन्य दैनिक उपभोग्य सामानको भाउ नबढेको कुनै वस्तु छैन । तर पनि सरकार भने अन्तर्राष्ट्रय मूल्य समायोजनको नाममा रातिराति मूल्य बृद्धि भएको सूचना महिनामा २, ३ पटक दिँदै आएको छ । मुल्य बृद्धिको विषयमा यसो घरि घरि केही राजनीतिक दलका युवाहरु उफ्रेजस्तो गर्छन, विरोध गरे झै गर्छन तर के कुरा मिल्छ कोनी फेरी चुपचाप बस्छन् । मूल्य बृद्धिका सन्दर्भमा कसैले विरोध नगरिदिएका कारणले पनि आयल निगमले महिनामा २, ३ पटक मूल्य बृद्धि गरेको हो कि भन्ने भान नेपाली जनतामा पर्न थालेको छ ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here