रायुजा संवाददाता
विराटनगर । ६६ औं वर्षमा प्रवेश गरेको नेपाल पत्रकार महासंघको पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत देशभरका १० प्रदेश समिति, ७६ जिल्ला शाखा, ४२ प्रतिष्ठान शाखा, ११ बैदेशिक शाखा र १२ एशोसिएट संस्थाहरुको प्रत्यक्ष निर्वाचन प्रणालीबाट यहि चैत्र २५ गते एकै पटक निर्वाचन हुँदैछ । सबैभन्दा बढी समावेशी र सबैभन्दा पहिले संघीय ढाँचामा जाने संस्था नेपाल पत्रकार महासंंघको यो निर्वाचनको माहोल प्रचारप्रसारमा तातेको छ । भोलि हुने निर्वाचनका लागि नतिजा आफ्नो पक्षमा बनाउन अन्तिम रस्साकस्सीमा पत्रकारहरु लागेका देखिन्छन् ।
सोही क्रममा मोरङ जिल्लामा पनि उम्मेदवारी दर्ताको प्रक्रिया पुरा भएको छ । मोरङमा ४ जनाले अध्यक्षको दावेदारी प्रस्तुत गर्दै उम्मेदवारी दर्ता गराएका भए पनि समझदारीका लागि समन्वय    भईरहेको र अन्तमा दुई जनाबीचको भिडन्त हुने अपेक्षा गरिएको छ । निर्वाचन अधिकृत दिपक दाहालले दिएको जानकारी अनुसार अध्यक्षका दावेदारहरुमा अर्जुन आचार्य, दुर्गा प्रसाद खतिवडा, सञ्जीव खनाल र शंकर खरेल रहेका छन् ।
यसैगरी उपाध्यक्षमा मोहन भट्टराई, सन्तोष सिग्देल, हरि प्रसाद कोइरालाको उम्मेदवारी परेको छ भने उपाध्यक्ष महिलामा उमा थापा पोखरेल, चिना थापा र तारा आचार्यको उम्मेदवारी रहेको छ । यसैगरी सचिवमा दुई जना अधिकारबीच प्रतिष्पर्धा हुने देखिन्छ । जसमा नेत्र पी अधिकारी, हरि अधिकारी रहेका छन् । यस्तै सहसचिवमा दिनेस सुब्बा, पर्शुराम निरौला (प्रशान्त) सरोज बस्नेत रहेका छन भने सहसचिव (समावेशी)मा अनिल श्रेष्ठ, खगेन्द्र कुमार राई (अर्जुन), जितेन्द्र नारायण ठाकुरको उम्मेदवारी परेको छ । यस्तै कोषाध्यक्षमा ः अभय कुमार राई र चिरञ्जीवि (सुमन सुस्केरा) बीच प्रतिष्पर्धा हुने भएको छ ।
यसैगरी खुल्ला सदस्यमा एलिना दियाली, कुमार खड्का, कैलाश चापागाई, गोपाल पोखरेल, तेजन खड्का, दिलिप कुमार अग्रवाल, नवराज भट्टराई, वीरेन्द्र कुमरा साह, भिम राज अधिकारी, मणिराम दाहाल, मनोज कुमार मेहता, राकेश कर्ण, सन्तोष गौतम, सन्दीप राई, सशांक पौडेल र सुरेश अधिकारीको उम्मेदवारी परेको छ भने महिला सदस्यमा उषाकुमारी सरदार, राजकुमारी तामाङको उम्मेदवारी परेको छ ।
यसैगरी सदस्य (आदिवासी जनजाति) बबिता सामपाङ राई, राजेश कुमार राजवंशी रहेका छन् भने सदस्य मधेसी ः पवन कुमार साह र मुकेश यादवबीच प्रतिष्पर्धा हुँदैछ ।
यसैगरी सदस्य (दलित)बाट तिलक नेपाली र पदम कुमार सरदारको उम्मेदवारी परेको छ भने सदस्यमा (अन्य समावेशी)बाट दिपा धिमाल, बाबुराम मुडियारी र श्याम सुन्दर सुतियारको उम्मेदवारी परेको छ ।
यस्तै केन्द्रीय परिषद् सदस्यहरुमा अनन्तराज न्यौपाने, अर्जुन जम्मेली राई (आदिवासी जनजाति), गणेश लम्साल, विक्रम लुइँटेल, भक्तशेर लिम्बु –आदिवासी जनजाति), महेन्द्र विष्ट, मोहन भण्डारी, शंकर लुइँटेल र महिलाबाट शान्ति गौतम दाहाल र सिर्जना कार्की परेका छन् भने प्रदेश परिषद् सदस्यहरुमा अविनास कुमार निधी, किशोर बुढाथोकी, किशोर विश्वकर्मा, किसान शाही, न्योति चौहान, दिनेश कुमार पोखरेल, धनबहादुर बस्नेत, पुण्य प्रसाद अधिकारी, पुष्पराज थपलिया, प्रेम देवान, बाबुराम भण्डारी, विवेक मिश्र, वेदराज पौडेल, भुपेन्द्र तिम्सिना, भोजराज घिमिरे, मदन बाबु प्रसाई, माधव अधिकारी, यज्ञराज अधिकारी, रविन्द्र बराल, सन्तोष राई, सत्यनारायण शर्मा, सुमन घिमिरे, सुरेश कार्की, हरिहर नेपाल रहेको निर्वाचन अधिकृत दाहालले बताए ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here