पूर्व श्री ५ कै हैसियतमा हरिद्वार महामण्डलेश्वर पुगेका ज्ञानेन्द्रको चिन्ता : प्रलोभन, दबाब र अतिक्रमणबाट सनातन संस्कार र संस्कृति जोगाऔं

55

रायुजा न्युज
भारतको प्रसिद्ध तिर्थ स्थल हरिद्वार कुम्भ मेलामा सरिक हुन आचार्य महामण्डलेश्वरका तर्फबाट पूर्व श्री ५ कै हैसियतबाट निमन्त्रणा लिएर प्रतिनिधि राजभवन निर्मल निवासमा आएपछि पूर्व राजपरिवार उक्त कुम्भ मेलामा सरिक हुँदा पूर्व राजा ज्ञानेन्द्रबाट कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएकोमा चिन्ता व्यक्त गरेका छन् ।
हरिद्वारमा सुरु भएको कुम्भ मेलामा सम्बोधन गर्दै पूर्व राजाले नेपाल र भारतका कैयन देवस्थल, धाम एवम् अनेकौँ स्थानहरूले सदैव ‘सर्वे भवन्तु सुखिनः’को विश्वव्यापी मान्यता राख्ने र हाम्रो धर्म–सभ्यता, संस्कृतिका अनेक आदर्शहरूले विश्वकै मानवीय मुल्यलाई डोऱ्याउने बताए ।
हाम्रो हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौँ ग्रन्थ शास्त्र सबै(सबै नै महत्वपूर्ण भएको उल्लेख गर्दै पूर्व राजा ज्ञानेन्द्रले अब हामीले हाम्रो धर्म बचाउनु पर्ने,संस्कृतिको रक्षा गर्नुपर्ने र हाम्रा मठ–मन्दिर, देवस्थल र धामहरूको विकास गर्नुपर्ने बताए ।
विश्वप्रशिद्ध धार्मिक स्थल भारतको हरिद्वारका आचार्य महामण्डलेश्वरको निमन्त्रणामा राजाकै हैसियतबाट पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र चैत २६ गते बिहीबार भारत प्रस्थान गरेका हुन् । हरिद्वारको बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट अतिथिका रूपमा सहभागी हुन त्यसतर्फ गएका हुन् ।
भारत सरकारद्वारा ‘रिकग्नाइज्ड’ उक्त महामेलामा राष्ट्रिय स्वयम्सेवक ९च्क्क्० का प्रमुख मोहन भागवत लगायत कैयन दिग्गजहरूको समेत सहभागिता रहने बुझिएको छ ।
पूर्व श्री ५ महाराजाधिराजका साथ बडामहारानी कोमल तथा सचिवहरू डा। फणिराज पाठक र सागर तिमिल्सिना रहनुहुने भएको छ । पूर्व श्री ५ को भ्रमण टोली चैत २६ गते काठमाडौंबाट दिल्ली, २८ गते शनिबार दिल्लीबाट देहरादुन हुँदै ऋषिकेश जाने र, चैत ३० गते महामेलामा शाही स्नानका निम्ति हरिद्वार पुग्ने कार्यक्रम रहेको थियो ।
हरिद्वारबाट दिल्ली फर्किएर केही दिन पूर्व श्री ५ हरू नयाँ दिल्लीमै रहने बता्इएको छ । दिल्लीमा रहँदा मौसुफको विभिन्न महत्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुने बताइए पनि को–कोसँग भेट हुने भन्ने खुलाइएको छैन ।
राजपरिवारको यो भ्रमणलाई नेपालमा निकै अर्थपूर्ण मानिएको छ । काङ्ग्रेस(कम्युनिष्टका नेताहरू राजाको यो भ्रमणलाई लिएर अलिक सशङ्कित भएको पाइएको छ । कतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि राजाको भेटवार्ता हुने हो कि भन्ने चिन्ता उनीहरूमा देखिएको छ ।
हरिद्वारमा पूर्व राजा ज्ञानेन्द्रले गरेको सम्बोधन जस्ताको तस्तै
यो विशाल, यो पुण्य कार्य कृत्य र यो पवित्र धार्मिक सनातनिक एवम् सांस्कृतिक समारोहको आयोजक, यहाँ पाल्नुभएका आचार्य महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, ऋषि, मनिषी एवम् समस्त सन्त, महन्त, साधकहरू १
म सबै–सबैलाई नमन गर्दछु, दुई कर जोडेर बन्दन गर्दछु ।
गंगा तटमा अवस्थित यो पवित्र धाम, यो देवस्थल हरिद्वारको यो विशेष पुण्य कार्य र यो विशाल समारोहमा म यहाँहरूको निकटमा रही, दर्शन, अर्चन, वन्दनामा सरिक छु । यहाँहरूको श्रद्धायुक्त आमन्त्रण पाएर उपस्थित छु । यस निम्ति म गौरवान्वित छु । यहाँहरू सबैप्रति साधुवाद १
हाम्रा वेद र शास्त्रहरूको मत र मान्यतामुताविक मैले सुने(बुझेअनुसार कुम्भ घट अमृततत्वले भरिपुर्ण घट हो । सत्ययुगमा समून्द्र मन्थनबाट उत्पन्न अमृतका घडाहरू पहिले दानवहरूद्वारा लुटिएका थिए, ती घडाहरू पछि गरुडद्वारा खोजी गरी ल्याइएको र प्रयाग, हरिद्वार, नाशिक र आवन्तिक स्थलहरूमा खडा गरिएको थियो । सोही परम्पराअनुरुप हरेक बाह्र वर्षमा लाग्ने कुम्भ मेलाको विशिष्ट महत्व रहन गएको देखिन्छ । अमृतका तिनै कुम्भ घडाहरूबाट थोपा–थोपा गरी विभिन्न नद(नदीमा प्रवाहित भएकाले नै पूर्वीय दर्शनमा हाम्रा नद(नदीहरूको, हाम्रा पर्वतीय नदीीहरूको तथा विभिन्न वन वाटिकाहरूको धार्मिक र शास्त्रीय मान्यता रहन गएको हो । प्रकृतिप्रति प्रेम गर्ने र प्रकृति संरक्षणाको कार्यमा अनुराग राखेर काम गरेको एक प्रकृतिपुजक पात्र भएका नाताले म हाम्रो त्यस्तो धार्मिक धारणा र शास्त्रीय दृष्टिकोणको सम्मान गर्दछु ।
जल, स्थल र आकाशलाई निरन्तर विषाक्त बनाइँदै लगिएको आजको प्रदूषणयूक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउने दृष्टिकोणले हेर्दा यस्ता कुम्भ मेलाको औचित्य आजको समयमा पनि अर्थपूर्ण ढङ्गले बुझ्न सकिन्छ । हराभरा स्वच्छ प्रकति, निर्मल नद(नदी तथा तालतलैया एवम् समस्त वातावरणलाई प्रदुषणमुक्त बनाउने आजको विश्वव्यापी अभियानमा कुम्भ मेला जस्ता हाम्रा यस्ता धार्मिक अनूष्ठान सर्वथा उपयोगी र प्रेरणादायी हुन्छन् भन्ने मेरो दृष्टिकोण छ ।
भारत वर्ष, हाम्रो आर्यावर्त र भरत खण्ड, यो भुखण्ड, हाम्रा यी हिमश्रृंखला, हाम्रा यी अनेकौँ नद(नदीको महत्व महान् छ । हजारौँ वर्ष अघिदेखिको हाम्रो सभ्यता, हाम्रो धर्म(परम्परा तथा सनातनिक संस्कृति विश्वमै बेजोड छ ।
हाम्रो हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पूराण आदि अनेकौँ ग्रन्थ शास्त्र सबै(सबै नै महत्वपूर्ण छन् । तिनको मननीय स्थान, हाम्रा विधि(व्यवहार, जीवन पद्धति, आचरण र अनुशलिन आफैमा गहन छन् ।
नेपाल र भारतका कैयन देवस्थलहरू, धामहरू एवम् अनेकौँ स्थानहरू यस्ता छन्, जसले सदैव सर्वे भवन्तु सुखिनःको विश्वव्यापी मान्यता राख्दछन् । हामी कतिले र अरू कतिले हाम्रा यी धार्मिक सांस्कृतिक स्थलहरूलाई तथा हाम्रा अनेकौँ रीतिस्थितिलाई के(कति बुझ्दछन् कुन्नी, तर सारभूत रूपमा भन्नुपर्दा हाम्रो धर्म(सभ्यता, संस्कृतिका अनेक आदर्शहरू विश्वकै मानवीय मुल्यलाई डो¥याउँदछन् ।
सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको, के नेपाल सानो छ रु भन्ने निबन्ध पढेको थिएँ, बडो चिन्ताका साथ हाम्रो आर्य सभ्यताको महत्व खिइँदै गएको कुरामा उहाँले उक्त निबन्धमा लेख्नुभएको थियो । हो, कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।
अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ(मन्दिर, देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा गंगा नद(नदीहरूको प्रवाह स्वच्छ पार्नु छ । भगवान रामले भन्नुभएको थियो ‘अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी’ भन्ने सद्युक्तिको ख्याल हामीले राख्नै पर्दछ ।
यिनै प्रयोजन हेतु यो महाकूम्भ मेलाको यो विशाल भेलाको र यहाँ उपस्थित सबै विद्वान्, विदुषी, सन्त(महात्माहरूको ध्यान पुगोस्( यही अवधारणा छ मेरो । फेरि पनि सबैमा साधुवाद । धन्यवाद १