रायुजा न्युज डेक्स
विराटनगर । कोभिड–१९बाट प्रभावित बनेपनि नगण्य रुपमा भएका खेलमध्येको फुटबलमा झण्डै ४ दशकपछि नेपाली फुटबल खेलाडीलाई ठूलो सफलता यो वर्ष मिल्यो । यो जितमा डफेन्डरबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका विराट महर्जनले देशलाई ठूलो उपाधि दिएर कप्तानी हुने मुखमा पुगेर सन्यास लिए । खेलकुद थियो– थ्रि नेसन्सन कप । उक्त प्रतिष्पर्धामा नेपाली टोलीले फाइनलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै घरेलुमैदानमा उपाधि चुमेको थियो ।
घरेलु मैदानमा नेपाली टोलीलाई ३७ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाएको उक्त प्रतियोगितामा सहभागी प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्ति, त्योभन्दा ठूलो आफ्ना तमाम समर्थकका बीचमा सन्न्यास घोषणा गर्न पाउनु खेलाडीका सुनौलो अवसर नै थियो ।
हुन त महर्जनले सन्यास लिँदैछन भन्ने हल्ला प्रतियोगिता हुनु अगावै फैलिएको थियो यस कारणले पनि उक्त प्रतियोगितामा खेलप्रेमीका आँखा महर्जन पट्टि नै थिए र सेल्फीको भिड नियन्त्रण गर्न सुरक्षा निकायलाई समेत निकै हम्मेहम्मे परेको थियो । मैदाना छिर्दादेखिको उनको भिडियो समर्थकले भाइरल बनाएका थिए ।