रायुजा न्युज डेक्स
विराटनगर । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले आज संसदको विशेष समयमा बोल्दै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको औंल्याएका छन् । कांग्रेस विद्वान नेतामा दरिएका गिरिले मुलुकमा अहिले देखिएको राजनीतिक अन्यौलता हटाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको र त्यही सरकारले निर्वाचन गराउनुपर्नेमा जोड दिएका छन् । सांसद गिरीले भने– अहिले प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, महन्थ ठाकुर, प्रचण्ड, वर्तमान प्रधानमन्त्री लागेको भए पनि यो तरिका, विधि र प्रक्रियाबाट समस्या समाधान नहुने जिकिर गिरीले गरे ।
सहमति विपरित निर्वाचन भएमा २०४७ सालमा पछिको राजनीतिक अवस्थाजस्तै हुने गिरीको आँकलन रहेको छ ।
प्रधानमन्त्रीले गलत काम गर्न ‘इनफ इज इनफ’ गरिसकेको आरोप लगाए । गिरीलेले इङ्ल्याण्डको उदाहरण दिंदै नगर्नु पर्ने काम गर्न प्रधानमन्त्रीले ध्यान दिएको बताए । प्रधानमन्त्रीले काम नगरेर गफ दिएर जनता अल्मल्याउन लागि परेको बताए । प्रधानमन्त्रीलाई व्यङ्य गर्दै गिरीले भने, ‘भाषण गर्न त एसियामा मोदीले जित्लान्, अरुले त हाम्रा प्रधानमन्त्रीलाई जित्न सक्दैनन् ।’