रायुजा न्युज डेक्स
विराटनगर । नापी तथा मालपोत कार्यालयको दुरावस्था हेर्न छड्केमा गएर, सम्बन्धित निकायमा परामर्श गरेपछि अनलाईन बाहेकको विकल्प नभएको अवस्थामा सरकारले मालपोत र नापीमा हुने बेथिति रोक्न ‘मेरो कित्ता’ अनलाइन प्रणाली सुरुवात गरेको छ ।
नापी विभागमा बिहीबार आयोजित ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले सो कुराको जानकारी गराएकी हुन् ।
जग्गासँग जोडिएर मालपोत र नापीमा पुगेर जनताले भोग्नुपर्ने सास्तीको अन्त्य गर्नु ऐतिहासिक काम भएको मन्त्री तुम्बाहाँ्फेले बताईन् । जग्गा ऐन, सुशासन ऐन लगायत ऐनमा टेकेर काम गरिएको मन्त्री तुम्बाहाङ्फेले स्पष्ट पारिन ।
मन्त्री तुङ्वाहाङ्फेले कार्यालयमा हुने ढिलासुस्ती र बेथितीलाई रोक्न यो कार्यक्रम ल्याइएको बताईन् । ‘सेवाग्राहीको सहजताको लागि, छिटोभन्दा छिटो जनतालाई
सेवा प्रदान गर्ने सरकारको उद्देश्य अनुरुप उक्त अनलाईन सञ्चालनमा आएको जिकिर मन्त्री तुङ्वाहाङ्फेको थियो ।
नेपाल डिजिटल युगमा प्रवेश गरेको भन्दै मन्त्री तुम्बाहाम्फेले सबै क्षेत्रलाई प्रविधिसँग जोड्ने योजना सरकारको रहेको पनि बताईन् । ‘डिजिटल नेपालको अवधारणा अनुसार हामीले ‘मेरो कित्ता’ कार्यक्रम ल्याएका छौँ, अब हरेक क्षेत्रलाई प्रविधिसँग जोडेर जनताका लागि सहज बनाउन जरुरी छ, यसका लागि सरकारले काम गरिहेको उनको जिकिर छ ।
डिजिटल नेपाल बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना अनुरूप यो कार्यक्रम सरकारले लागू गरेको मन्त्री तुङ्वाहाङ्फेको आशय थियो । सरकारले सेवा दिएका ठाउँमा जनताले गुनासो गर्ने स्थिति सिर्जना हुन नदिन मन्त्री तुम्बाहाम्फेले कर्मचारीलाई निर्देशनसमेत दिएको बताईन् ।