May be an image of 6 people, people standing and outdoorsरायुजा संवाददाता
बराहक्षेत्र (सुनसरी) । पंचकन्या फुटबल क्लब बेलका उदयपुरले बराहक्षेत्रमा आयोजित महिला फुटबल प्रतियागिताको उपाधि चुमेको छ । माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आयोजनामा बैशाख ३ गतेदेखि संचालन भएको उक्त प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको छ ।
आयोजक टिम माउन्ट एभरेष्ट स्पोटिङ क्लब ए चतरा, सुनसरी र पञ्चकन्या फुटबल क्लब बेलका उदयपुरबीचको प्रतिष्र्पात्मक रोमाञ्चक खेल गोलरहित भएपछि ट्राइब्रेकरका आधारमा ४–३ गोल अन्तरले विजेता तथा उपविजेता घोषित भएका थिए ।
आयोजक टिमका तर्फबाट ट्राइब्रेकरमा रेजिना श्रेष्ठ, मुना मगर, मनिसा विष्टले गोल गरेका थिए भने जिना विष्टले गोल बचाएकी थिइन । यसैगरी पञ्चकन्याको तर्फबाट सपना राई, डिक कला राई, अस्मिता राई, सुजाता राईले गोल आयोजक क्लबका अध्यक्ष सुर्य तुङबाहाङ्फेले जानकाी दिए ।

May be an image of 8 people, people standing, tree and outdoorsअध्यक्ष तुङबाहाङ्फका अनुसार फाइनल खेल समापन कार्यक्रमको प्रमुख अतिथि वराहक्षेत्र २ का वडा अध्यक्ष श्री हरिकृष्ण भट्टराई , विशिष्ट अतिथि रोशन श्रेष्ठ, अतिथि वडा महिला सदस्य धनकुमारी गहतराज, शिक्षक उदय ठट्टाल, सामाजिक अगुवा तथा युवा व्यक्तित्व सोमबहादुर राई रहेका थिए भने कार्यक्रमको सभापतित्व आयोजक क्लबका उपाध्यक्ष जितेन्द्र राईले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा ड्यासमा आसिन अतिथिगणबाट विजेतालाई रु.१० हजार र उपविजेता टिमलाई नगद ५ हजार प्रदान गरिएको थियो ।

May be an image of 5 people and people sitting
सो प्रतियोगितामा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब ‘ए’ बराहक्षेत्र, सुनसरी , पंचकन्या फुटबल क्लब, बेलका उदयपुर, सप्तकोशी युवा क्लब, वराहक्षेत्र देविघाट, अधेरी फुटबल क्लब बिष्णुपादुका, नेप्से फुटबल क्लब बेलका सोमबारे उदयपुर, माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब ‘बी’ गरी ६ वटा टिमबीच प्रतिष्पर्धा भएको थियो । उक्त खेलमा विभिन्न रेकर्ड राख्ने खेलाडी पुरस्कृत भएका छन् । जसमा उदयमान खेलाडीमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका खेलाडी रचना राई, उत्कृष्ट गोलकिपरमा पंचकन्या फुटबल क्लब बेलका उदयपुरका खेलाडी सुस्मिता राईलाई हार्दिक बधाई छ । उत्कृष्ट डिफेन्स घोषित हुन सफल पंचकन्या फुटबल क्लब बेलका उदयपुरका खेलाडी तथा टिम क्याप्टेन अस्मिता राइै, सबैभन्दा बढी ३ गतेल गर्ने माउन्ट एभरेष्टका खेलाडी मुना मगर, फाइनल खेलको प्लेयर अफ द म्याच पंचकन्याबाट सपना राई र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा माउन्टेन एभरेष्टबाट टिम क्याप्टेन तथा खेलाडी रेजिना श्रेष्ठले रेकर्ड राखेकी छन् । यसैगरी प्लेयर अफ द म्याचमा परेका चेलीहरुमा मुना मगर, माउन्ट एभरेष्ट, रेजिना श्रेष्ठ, माउन्ट एभरेष्ट, डिककला राई, पंचकन्या रहेका छन् ।
विजयी, उपविजयी तथा सहभागी सबै खेलाडीहरुलाई हार्दिक बधाई ।