बदल्न खोजेको समाज चाहि कस्तो हो ?- केही दिन अगाडिका प्रतिनिधिमूलक घटना विवरण

156

घटना नं. १ :  विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु त्यतिकै भएको छैन । उनको मृत्युमा हाम्रा समाज र त्यो समाजभित्रैको चिकित्सा क्षेत्र जिम्मेवार छ । पारिवारिक स्रोतका अनुसार उदयपुर गाइघाटकी ३५ वर्षीया महिलाको एन्टिजेन रिपोर्ट पोजिटिभ आएसँगै आइतबार राति विराटनगर ल्याइएको थियो । विराटनगरमा ति महिलाको उपचारका लागि गोल्डेन अस्पतालले कोरोना एन्टिजेन परिक्षण भएको र रिपोर्ट पोजिटिभ आएपछि गोल्डेनले विरामी महिलालाई भर्ना लिन अस्वीकार गरेको थियो। त्यसपछि भौतारिँदै अस्पतालको खोजि गर्दै उनीहरु विराट शिक्षण अस्पतालमा भर्नाका लागि लगिँदासमेत भर्ना दिइएन । त्यसपछि म्याक्स अस्पतालमा लैजानका लागि फोन गर्दा नल्याउन भनेपछि परिवारले अन्ततः सोमबार विहान करिब ४ बजे कोशी अस्पताल पुर्‍याएको थियो। कोशीमा आइसोलेसनमा भर्ना त गरियो तर उपचार दिइएन र अन्तिम विकल्प्को रुपमा भगवानको घर भनेर नोबेल शिक्षण अस्पताल पु¥याएका तर त्यहाँ पनि भर्ना नलिइए छि पुनः कोशीमै फर्काएर लगेपछि सोमबार विहान करिब साढे ६ बजे निज बिरामी महिलाको निधन भयो । अस्पतालको सहर भनेर चिनिएको ठाउँमा बिरामीले उपचार नपाएर मर्न दिनु भनेको कुन चाहि समाज हुन्छ ? कस्तो समाजको परिकल्पनामा यस्तो अमानविय काम गरिन्छ यो गम्भिर प्रकृतिको निधन भएको छ ।
घटना नं. २ ः १ नं. प्रदेश सरकारले आइतबार सूचना जारी गरी अठात रुपमा संसदको हिउँदे अधिवेशन अन्त्य भएको सूचना बाहिर ल्ययो । त्यो सूचना राति १२ बजेदेखि नै लागु हुने गरी ल्याइएको थियो । यसैगरी सोमबार संघीय सरकारले पनि सभामुखसँग परामर्श नै नगरी हठान रुपमै दिउँसो प्रतिनिधिसभाको बैठक डाकिएको छ सोही दिन बिहान १० सम्म मन्त्री परिषद्को बैठक बसेर निर्णय गरी अधिवेशन सुरु हुने समयदेखि अर्थात दिउँसो १ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य भएको सूचना बाहिर ल्यायो । संघीय सरकारले यस अघिका संसद अधिवेशनको प्रक्रिया, पद्दति र संस्कारलाई छोडेर हठात, आवेगमा संसदको अधिवेशन अन्तय गराएको छ । यि संंसदको अधिवेशनमा उठेका विषयवस्तुबाट सरकार प्रमुखहरु डराएको अनुभुति सबैले गरेका छन् । तथापि संघीय सरकारले बाध्यतात्मक परिस्थिति देखाएर अन्तयको सूचना ल्याएको छ । सरकारमाथि आइलाग्न लागेको संकट टार्न रणनीतिक रुपमा अधिवेशन अन्त्य गरिएको विश्लेषकहरु बताउँछन् । जनजीविकाका सन्दर्भहरुलाई पाइतालामा टेकेर सरकार र राजनीतिक दलको रफावमा जनताको तमाम समस्याहरुलाई धोति लगाइएको सन्दर्भमा पनि हामीले परिकल्पना गरेको समाज चाहि कस्तो हो भन्ने प्रष्ट देखाउँछ ।
घटना नं. ३ ः मोरङको कटहरी १ मा गोली हानेर व्यापारिक घरानाका सासूबुहारीको हत्या गरिएको घटनामा मृतकका आफन्तहरु कै संलग्नता रहेको आशंका प्रहरीले गरेको छ । बडीआमा र बुहारीको हत्या गर्ने विराटनगर १२ का २६ वर्षीय विष्णुकुमार डाँगालाई प्रहरीले पक्राउ गरेर ावश्यक अनुसन्धान अगाडि बढाएको छ । कटहरी १ मा चैत ४ गते गोली प्रहार गरेर व्यापारिक घरानाका सासूबुहारीको हत्या गरिएको थियो । सासू ४४ वर्षीया दीपा निरौला ९डाँगा० र बुहारी २२ वर्षीया अस्मिता भट्टराई ९डाँगा० को हत्यामा संलग्न विष्णुकुमारलाई उनकै घरबाट बिहीबार साँझ पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।
घटना नं. ४ ःबिरामीहरु भगवानको प्रतिक मानेर उपचारका लागि जाने पवित्र स्थलमा नक्कली डाक्टरहरुको बिगबिगी भएको आज मात्र होइन यस अगाडि पनि विभिन्न क्षेत्रमा कार्यरत कक्षा ८ देखि एसएलसी वा आइए स्वसरह अध्ययन गरेका तर डाक्टरको लाइसेन्स लिएका व्यक्तिहरुलाई सीआईबीले पक्राउ गर्न सफल भएको थियो सोही शृंखला यो वर्ष पनि दोहोरियो । नक्कली सर्टिफिकेट बनाएर एमबीबीएस नै अध्ययन गरेर डाक्टर भएकाहरु समातिए । टाउको दुख्दा पेटको अप्रेसन गर्ने, अप्रेसन गरेको समान भित्रै छोड्ने, आन्द्रा काटिदिने डाक्टरहरु त यस्ता पो रहेछन भन्ने आम मानिसमा परेबाट अब पवित्र स्थल अस्पतालप्रतिको मानिसमो विश्वास पनि गुम्दै गईरहेको छ । एसएलसीको नक्कली सर्टिफिकेट पेश गरेर डाक्टर बनेका सात जनालाई पक्राउ गरी सोमबार सार्बजनिक गरिएको हो। शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। पक्राउ पर्नेमा २८ वर्षका मोहमद सिद्दिक, २९ वर्षका सुभाष प्रसाद शाह, २८ वर्षका मोहम्मद शाहिद राजा, ३१ वर्षका दिपेन्द्र गौतम, ३१ वर्षका अखलेश कुमार देव, २९ वर्षका फराज हुसेन खाँ र २७ वर्षकी पल्लवी सिंह रहेका छन्। उनीहरुलाई काठमाडौँ, विराटनगर, जनकपुर र रुकुमबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटना नं. ५ ः बाटोबाटै सांसद  मन्त्री पाएपछि असक्षम पनि बने मालामाल । संघीय सरकारमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले कारवाही गरेर सांसद पद खोसेका व्यक्तिलाई पुनः मन्त्री बनाएर शपथ लिएको सिको लुम्बिनी प्रदेशले पनि गरेको छ । अविश्वास प्रस्वतावका पक्षको मत घटाउने र सत्ता टिकाउने दाउमा रहेको मुख्य मन्त्रीको दाउमा जनता समाजवादी पार्टीका ४ नेता लागेर मन्त्री बनेपछि सांसद पद नै धरापमा पारेर उनीहरु मन्त्री पदमा अल्झिन पुगेका छन् । जसपाले लुम्बिनी प्रदेशमा पार्टी निर्णय विपरीत मन्त्री पदको सपथ लिने ४ जना सांसदलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ। जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति निकालेर मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई स्पष्टीकरण सोधेका हुन्।
उनले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पदसमेत नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने चेतावनी दिएका छन्। यसबाट पनि समाजले के सिक्ने ? पदका लागि सरकारले गरेका हरेक गतिविधि त तल्लो तहसम्म समिति बनाएर काम गरिरहेका सबैलाई एउटा गलत बाटोमा लाग्न उत्प्रेरणा जगाएको देखिँदैन रु ?
घटना नं. ६ ः पैसा लुट्न डाका समूह लिएर मध्यराति बुहारी काका सुसुराको घरमाः आफ्नै काका ससुराको ५४ हजार रुपैयाँ लुट्न फागुन ६ गते डाका समूह लिएर गएकी बर्जु गाउँपालिका १ की ३६ वर्षीया सिर्जना चौधरी मुख्य योजनाकारसहित ५ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
सोही वडाका सुभाष चौधरीको घरमा मध्यरातमा कुटपिट गरी रु.५४ हजार लुटेर लगेका थिए । पक्राउ पर्नेमा इटहरी १२ खनारका ३२ वर्षीया नमाजुद्दित आलम, दुवही छातावेली टोलका २८ वर्षीया मर्तुजा मियाँ, मोरङके बुढीगंगा बस्ने वर्ष ३० को अजिम मिया, बर्जुकी सिर्जना चौधरी र दुवह ि११ का सर्वन उरावलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
यि त प्रतिनिधिमूलक घटना मात्र हुन । समाजमा विकृति र विसंगतिको रुपमा घटनाहरु कैयन छन् ।