रायुजा न्युज डेक्स
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ३६ जना कोभिड–१९ कोरोना भाइरस संक्रमित थपिँदा १ नम्बर प्रदेशबाट ९७ परेका छन् । मोरङ, सुनसरी, झापा, खोटाङबासी संक्रमित भए पनि सबैभन्दा बढी मोरङको विराटनगरबाट १६ महिला ३१ पुरुषसहित ४७ जना, सुनसरीको इटहरीबाट ११ जना, धरानबाट ७ जना, बुढीगंगाबाट ३ जना, रंगलीm सुन्दरहरैंचा, इनरुवा, बर्जु, झापा गाउँपालिका, अर्जुनधाराबाट २–२ जना, कानेपोखरीबाट १ जना,भद्रपुर, कचनकवच, दमक, कन्काई र कमल गाउँपालिकाबाट १–१ जना, खोटाङको खोटेहाङबाट १ जना प्रदेश बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक नम्बर प्रदेशमा सक्रिय संक्रमित ४०४ पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५५ पीसीआर परीक्षणमा १ हजार ६ सय ६७ र ६ सय ८३ एन्टिजेन परीक्षणमा ६९ गरी १ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १०२ पुगेको छ। मन्त्रालयका अनुसार २ सय ५१ जना कोरोना जितेर घर फर्किएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ। हाल ९२ जना क्वारेन्टाइनमा र ८ हजार ६ सय ५९ जना आइसोलेसनमा छन्।