रायुजा न्युज डेक्स
विराटनगर । कोरोना संकट व्यवस्थान केन्द्र (सिसिएमसी) को बैठकले सबै तहको परीक्षा तत्काल रोक्ने निर्णय गरेको छ।
एक मन्त्रीका अनुसार (भोलि) सोमबारदेखि नै सिसिएमसीको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न विद्यालय तथा विश्वविद्यालय तहमा चलेको सबै परीक्षा रोक्ने निर्णय गरेको हो।
हाल स्नातकको विभिन्न तहको परीक्षा सञ्चालन भइहरेको र हुने क्रममा छ। प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले स्थान हेरेर निषेधाज्ञा र लकडाउन गर्न सिफारिसमेत गरेको छ। २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएको ग्रामीण क्षेत्रमा र ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको सहरी क्षेत्रमा निषेधाज्ञा गर्नसमेत सीसीएमसी बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्