रायुजा न्युज डेक्स
विराटनगर । विराटनगर महानगरपालिकाले बैशाख महिला भर सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको र कतिपय विद्यालयका शिक्षक तथा विद्यार्थीमा समेत कोरोना संक्रमण भएको भन्दै आइतबार बसेको नगर शिक्षा समितिको बैठकले भौतिक रुपमा हुने विद्यालयको सवै गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।
महानगरपालिकाका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाका अनुसार पूर्व निर्धारित परीक्षा तथा पठनपाठन २०७८ बैशाख मसान्तसम्मका लागि स्थगित गरिएको हो । सूचना विपरित विद्यालयहरु संचालन भए कारवाही गर्ने समेत बैठकले निर्णय गरेको जनाइएको छ । विराटनगरमा एकसाता यता दैनिक रुपमा ५० जना बढिमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदै आएको छ । आइतबार प्रदेश १ मा १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा विराटनगर महानगरपालिकाभित्रका मात्रै ८४ जना रहेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्