इटहरी । सुनसरी र मोरङलाई कार्यक्षेत्र बनाएर पत्रकारितासँगै सामाजिक अभियानमा लाग्दै आएका अभाव, पीडा र छटपिटमा दैनिकी चलाएका पत्रकार सहदेव कार्कीको ५१ वर्षको उमेरमा शुक्रबार अकल्पनीय दुखद् अवसान भएको छ ।
प्रहरीका अनुसार ९ वैशाख २०७८ बिहीबार बेलुकी ९ बजे विराटचोकबाट पूर्व बेलबारीतर्फ जाँदै गर्दा खोसार्ने नजिक मुख्य राजमार्गमा झापा निवासी शोभाकान्त चौधरीले चलाएको बा.७१ प ३९३९ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएपछि हुत्तिएका कार्की बीच सडकमै बजारिएर घाइते हुन पुगेका थिए । घटना भएको निकै समयपछि विराटचोक इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी घटनास्थल पुगेर दुर्घटनाको मुचुल्का उठाएपछि करिब आधा घण्टापछि मात्र घाइतेलाई विराटनगरस्थित नोबेल अस्पतालमा एम्बुलेन्समार्फत पु¥याएको जानकारी प्रहरीले दिएको छ । उक्त अस्पतालमा उपचारकै क्रममा निज कार्कीको निधन भएको थियो ।
शुक्रबार राति १ बजे स्वतन्त्र पत्रकार संघका केन्द्रीय कोषाध्यक्षलाई विराटचोक इलाका प्रहरी कार्यालयबाट घटना विवरणका सम्बन्धमा जानकारी गराएका थिए । सोही जानकारीका आधारमा पाण्डेले स्वतन्त्र पत्रकार संघका सुनसरीका अध्यक्ष खगेन्द्र कार्कीलाई कल गरेको तर नउठेपछि म्यासेज छोडेको बताउँछन् । यता कार्कीले बिहान म्यासेज देखेपछि उक्त घटनालाई सहजीकरण गर्ने काममा विवेक धामीको सहयोगमा तदारुकताका अगाडि बढेर वेवारिसे भनिएको व्यक्तिलाई पहिचान खुलाएर बेलुकी दाहसंस्कारसम्म ल्याई पु¥याउन सहयोगी भूमिका खेलुको अध्यक्ष कार्कीले बताए ।
शुक्रबार १२ बजेसम्म वेवारिसे अवस्थामा राखिएका कार्कीलाई परिवार, साथीभाई भेला भएपछि सहदेव कार्की नाम खुलाइएको थियो । साथीहरुले उपचारको कमीका कारण उसको निधन हुन पुगेको अनुमान गरेका छन् । यद्यपि बिहानै थाहा पाउने वित्तिकै धेरै जनाले निजको उपचारमा कमी नगर्न र पैसाको चिन्ता नलिन अस्पताल प्रशासनलाई दबाब समेत दिएको थियो तर अस्पतालले सकेसम्मको उपचार गरेको भए पनि अवस्था गम्भिर भईसकेको र निजको ब्रेनडेथ भईसकेको जानकारी गराएका थिए ।
धनकुटाको साविक खोकु–१ मा बुबा रामबहादुर तथा माता गंगामायाको कोखबाट जन्मिएका दुई आमाका ७ दाजुभाईका माइलो सन्तान थिए । जित बहादुर, दिपेन्द्र, राजेन्द्र निजको आमाका छोरा थिए भने आमा विष्णु मायाको कोखबाट जन्मिएका भक्त बहादुर, रुद्र बहादुर र हरि बहादुर कार्की गरी उनीसहित ७ जना दाजुभाईको माइलो भाई सहदेव थिए ।
सुन्दरहरैंचा नगरपालिका वडा नं. १०, विराटचोकमा कोठामा बस्दै आएका कार्की १८ गते आयोजना हुने उसु खेल र समाचार सामग्रीका लागि बेलबारीतर्फ जाँदै गरेको बुझिएको छ । दुर्घटना हुनु केही मिनेट अगाडि मात्र युवा जागरणका सञ्चालक खगेन्द्र कार्कीसँग कुराकानी भएको र उसु खेलको सहयोगको पत्र दिन र समाचार सामग्री संकलन गरेर फर्कने कुरा बताएर फोन राख्दा नराख्दै सम्भवतः त्यही समयमा उनी दुर्घटनामा परेको हुनसक्ने युवा जागरणका कार्कीले बताए । कार्कीका अनुसार स्व. कार्कीको दाहासंस्कार इटहरीस्थित बुढीगंगा मुक्तिघाटमा १० गते साँझ ८ः३० बजे गरिएको थियो । निजका बृद्ध अवस्थाका पिता समेत बिरामी अवस्थामा रहेको कारणले निजकै दाजु तिज बहादुरले उनको १३ दिने कर्म इटहरीस्थित डम्फुचोकमा रहेको भाई दिपेन्द्रको घरमा गरिरहेको दिपेन्द्रले बताएका छन् ।
स्वतन्त्र पत्रकार संघ सुनसरीका कार्यालय सचिव तथा प्रदेश १ का सदस्यको जिम्मेवारीमा रहेका थिए । कार्कीले माओवादी जनयुद्धकालमा कलाको माध्यमबाट पूर्व लडाकुको भुमिका समेत निर्वाह गरेर राजनीतिकमा उत्तिकै चासो र चिन्ता राख्ने व्यक्ति थिए । माओवादी जनसंस्कृतिक विभागको जिम्मेवारीमा रहेर डाक्स कला सिकाउने काम जनयुद्धकाल र त्यसपछि काठमाडौंदेखि इटहरी र आसपासमा डान्स शिक्षक भएर धेरै प्रतिभाहरुलाई समाजमा कलाको माध्यमबाट उतार्ने काम समेत गरेका छन् । संघसंस्था सञ्चालन तथा प्रक्रिया र पद्दतिका सन्दर्भमा समेत उत्तिकै पोख्त देखिने कार्कीले धेरै क्षेत्रमा योगदान पु¥याएका बहु प्रतिभाशाली व्यक्तित्वका रुपमा परिचित थिए । मोरङ र सुनसरी क्षेत्रका आर्थिक पहुँच नभएका र समस्यामा परेका व्यक्तिहरुलाई समन्वय गर्दै झझगडा मिलाउने र छाक टार्ने जोहोको लागि समेत पटक पटक पहल गरेर धेरैको चुल्होमा आगो बालिदिएका व्यक्ति पनि हुन् । आफु पीडामा रहेर, अभावमा छटपटिएर पनि अरुको मुहारमा उज्यालो छर्ने, हाँसो दिन सक्ने व्यक्तिस्वर्गीय कार्की प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसहित शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्