थपिए १ सय ८८ संक्रमित, प्रदेश १ को मोरङको विराटनगर र सुनसरीको इटहरीमा सबैभन्दा बढी संक्रमित पुष्टि

566

रायुजा न्युज डेक्स
विराटनगर । प्रदेश नं. १ मा मंगलबार १ सय ८८ जना कोरोना संक्रमित थप भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशभर ७ सय ७४ जनाको पीसीआर परीक्षण हुँदा ७१ महिला र १ सय १७ पुरुष सहित १ सय ८८ नयाँ संक्रमित थप भएको मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमितहरुमा सबैभन्दा बढी मोरङ र सुनसरीबाट परेका छन् । मोरङबाट ८३ जना थपिए भने सुनसरीबाट ४० जना, झापाबाट २५ जना थपिएका छन भने धनकुटाबाट ५ जना थपिए । यसैगरी उदयपुर र इलामबाट समान ४÷४ जना परेका छन् भने भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा समान १ जना र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २२ महिला र ४२ पुरुषसहित ६४ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरि मोरङकै बेलबारीमा ५, उर्लाबारी र सुन्दरहरैंचामा समान ३, बुढीगंगा र लेटाङमा समान २, रंगेली, कटहरी, ग्रामथान र स्थानीय तह नखुलेको स्थानमा समान १ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।
सुनसरीको इटहरीमा २०, धरानमा ७, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जुमा २, देवानगञ्ज, दुहवी, गढी र स्थानीय तह नखुलेका स्थानमा समान १ जनामा संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार झापाको दमकमा ८, विर्तामोडमा ५, मेचीनगरमा ४, कनकाई ३, गौरादहमा २, गौरीगञ्ज, बुद्धशान्ति , झापा गाउँपालिकामा समान १ जना संक्रमित भएका छन्।
पहाडी क्षेत्रतर्फ धनकुटाको महालक्ष्मीमा ३, पाख्रिवास र धनकुटा नगरपालिकामा समान १, उदयपुरको उदयपुरगढी र स्थानीय तह नखुलेकामा समान २, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र माई नगरपालिकामा समान १, भोजपुरको आमचोकमा १, खोटाङको बराहपोखरीमा १, संखुवासभाको खाँदबारीमा १ र ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ। यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३१ हजार ८३४ पुगेको मन्त्रालयले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्