पुर्पुरोमा जे लेखिए पनि भाग्यसँगै कर्म गरौं । यतिखेर समुदायस्तरमै कोरोना भाइरस फेरी विगत झै आउने तरखरमा रहेको छ । विभिन्न पालिका, जिल्ला प्रशासन कार्यालय तथा सरोकारवालहरुले कोरोनाको प्रभावबाट बच्न दिएको विभिन्न सन्देशमूलक सूचना, स्वास्थ्यमापदण्ड तथा सचेतनामा ध्यान दिऔं । आफू सुरक्षित रहे परिवार, समाज र देश सुरक्षित रहन्छ ।


मेष – भागदौड व्यस्तता जारी रहनेछ । जोखिममा नपर्नु हितकर रहनेछ । मान गौरव बढ्नेछ । सार्वजनिक स्तरमा सम्मान प्राप्त होला । आयस्रोत बढ्ला । घरपरिवारको साथ मिल्नेछ । मान प्रसिद्धि बढ्ला । उच्चाधिकारीको साथ मिल्नेछ । मिठो भोजन मिल्नेछ । धनको आगमन हुनेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । विलासमा पनि रुचि बढ्नेछ । सुख–सुविधा र विलासको बस्तु बढ्लान् । विजय मिल्नेछ । ऋण रोग र शत्रुप्रति सजग नै रहनु हितकर होला ।

बृष – आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त होला । विजयश्री मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । अन्न धन वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन – प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । हाकिमको साथ भेट्ने छ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मन अनुकूल कार्य बनेर मन प्रशन्न भइहाल्नेछ । मान पुरस्कार प्राप्त होला । विजयश्री मिल्ने छ । सुख सुविधाको बस्तुमा खर्च बढ्नेछ ।

कर्कट – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हीतकर होला । मिठो भोजन मिल्नेछ । आनन्दमा वृद्धि होला । आरोग्यतामा ध्यान राख्नुपर्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । दूरदेशको काम बन्नेछ । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – सुख समृद्धि बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता प्राप्त होला । ऋण रोग र शत्रुप्रति विजय होला । स्वास्थ्यमा सुधार होला । लापर्वाही नगर्दा हीतकर रहनेछ । अरुको भरमा नबस्नु बेस होला । रोकिएको धन उठ्नेछ ।

कन्या – शुभ र भाग्यवर्द्धक काम बन्नेछन् । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । रसविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । धन सम्पत्ति बढ्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – मान महत्व बढ्नेछ । गौरव वृद्धि हुनेछ । यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यवर्द्धक कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रशन्न भैजानेछ ।

वृश्चिक – आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । सद्कर्म पथमा प्रगति होला । भाग्योदय होला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । मित्रजनको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफलता रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्ने उचित हुनेछैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु हीतकर रहला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । हांसविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला । जोखिमप्रति सचेत रहनु पर्नेछ ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग भेट्ने छ । ऐश्वर्य बढ्नेछ ।

कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुखशान्ति बढ्ला ।

मीन – समय शुभ भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख–सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला । सुख सन्तति बढ्ला ।

■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

Ghatnabichar

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्