रायुजा न्युज डेक्स
विराटनगर । ंंप्रदेश १ मा ७ सय ६६ जनाको बिहीबार पिसिआर परिक्षण गर्दा २ सय ७० जना कोरोना संक्रमित फेला परेका छन् । फेला परेका मध्ये १ सय २५ महिला छन भन १ सय ७० पुरुष रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको ।
जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी मोरङमा १ सय ३६ जना संक्रमित फेला परेका छन् भने सुनसरीमा ५२ । मोरङमा पनि सबैभन्दा बढी विराटनगरमा १ सय ६ जना, ४६ महिला र ६० पुरुष कोरोना संक्रमित भएका छन् । यसैगरी आज सुन्दरहरैंचा नगरपालिकामा बढेर १० नयाँ संक्रमित थपिएका छन भने सुनसरीको इटहरीमा बुधबारको भन्दा घटेको छ । आज इटहरीमा १२ जना मात्र संक्रमित फेला परे भने यो हप्ता न्युन रहेको धरानमा ह्वात्तै बढेर २३ पुगेको छ । यसैगरी इलामबाट ७, ताप्लेजुङबाट ५, धनकुटाबाट २, उदयपुर र संखुवासभाबाट समान १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङको बेलबारी र कटहरीबाट समान ४, उर्लाबारी र धनपालनथानबाट समान ३, जहदाबाट २, केराबारीबाट १ र स्थानीय तह नखुलेका २ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।
झापाको विर्तामोडबाट १७, मेचीनगरबाट १०, दमकबाट ८, भद्रपुरबाट ५, गौरीगञ्जबाट ४, शिवसताक्षी र अर्जुनधाराबाट समान २, हल्दिबारी, कनकाई र बाह्रदशीबाट समान १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी सुनसरीको इनरुवाबाट ८, रामधुनी र बराहक्षेत्रबाट समान ३, गढी, कोशी, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेकाबाटसमान १ जनामा संक्रमण देखिएको छ।
त्यसैगरि, पहाडीक्षेत्रतर्फ इलामको इलाम नगरपालिकाबाट ३, फाकफोकथुमबाट २, देउमाई र सुर्योदयबाट समान १, ताप्लेजुङको फुङलिङबाट ३, मिक्वाखोलाबाट २, धनकुटाबाट २, उदयपुरको त्रियुगाबाट १, संखुवासभाको खाँदबारीबाट १ र प्रदेश १ बाहिरबाट १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यससँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३२ हजार ३ सय ६० पुगेको छ। संक्रमित भएकामध्ये ३० हजार १५ संक्रमणमुक्त भएका छन्। अर्कोतर्फ सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्