बाबुराम क्षेत्री
इनरुवा । जिल्ला प्रशसन कार्यालय सुनसरीमा बिहीबार प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको बैठकले संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले लिएको अधिकार प्रयोग गरी शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ते निषेधाज्ञा जारी गरेको छ ।
भोलि वैशाख १८ गते शनिबारदेखि २४ गते शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ– सर्वसाधारणको हकमा गरिएको निर्णय अनुसार अत्यावश्यक काम नपरि घरबाट बाहिर ननिस्कने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दुरी, स्वास्थ्य मापदण्ड (साबुन पानीले हात धुने, मास्क र सेनिटाइजरको प्रयोग) अनिवार्य रुपले गर्ने । एकै स्थानमा जम्मा भई भेला, जुलुस, सम्मेलन, छलफल, गोष्ठी नगर्ने ।
हाट, मेला, जात्रा, महोत्सव, पार्टी, भोज, भिडभाड हुने कार्य नगर्ने । अन्यावश्यक बाहेक १० वर्ष भन्दा मुनि तथा ६० वर्ष भन्दा माथिको उमेरका व्यक्तिहरु तथा दिर्घरोगीलाई कुनै पनि काममा घर बाहिर आवतजावत गर्न नदिने । यसैगरी कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वासथ्य समस्या देखिएमा तुरुन्तै नजिकका स्वास्थ्य संस्था वा स्थानीय निकायमा सम्पर्क राख्ने ।
२) कार्यालय सञ्चालन सम्बन्धमा पनि उक्त बैठकले छुट्टै निर्णय गरेको छ । जसमा सरकारी कार्यालय, बैंक तथा वित्ति संस्था, बिमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाहरुले आफ्नो कार्यालय र कर्मचराीहरुको अवस्था हेरि सम्बन्धित माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा अत्यावश्यक सेवा बाहेक अन्य सेवालाई स्थगित गर्ने ।
३) सभा सम्मेलनको हकमा गरिएको निर्णय अनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटि पार्लर, जिमखाना, समूहमा खोलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, आदि सञ्चालन गर्न गराउन नपाईने ।
सार्वजनिक सवारी साधनको हकमा गरिएको निर्णय अनुसार सार्वजनिक एवम् निजी सवारी साधन, सिटी रिक्साहरु निषेधाज्ञा जारी मिति भरि जिल्ला भरि जोर विजोर प्रणालीमा जोर गते जोर नम्बर भएका र विजोर गर्ने विजोर नम्बरभएका सवारी साधन मात्र सञ्चालन गर्ने । अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ मासु तथा मासुजन्य वस्तु बोकेका सवारी साधान, बैंक, वित्तिय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन तथा फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवालगायत ढुवानी तथा यातायातका साधान विषय उल्लेख गरी सञ्चालन गर्न पाउने ।
अत्यावश्यक खाद्य सामग्रीको हकमा गरिएको निर्णय अुनसार औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल बाहेक अन्य पसल व्यवसाय विहान ६ बजेदेखि विहान ११ बजेसम्म खुल्ला गर्ने ।
डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान ६ बजेदेख बिहान ११ बजेसम्म सञ्चालन गर्ने । खाद्य सामग्री ग्रोसरी पसल, औषधी पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्न नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्ने ।
६) नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तिय संस्था र अन्य अत्यावश्यक सेवामा र सवारी साधनका हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्ने ।
यसैगरी सञ्चारकर्मी/पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्रको आारमा आवतजावत गर्न दिने ।
होटल तथा रेष्टुरेन्टहरु विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने । सो भन्दा अघिपछि टेक अवे सेवा लिन सक्ने ।
यसैगरी विवाह तथा ब्रतबन्ध आयोजनाका लागि २५ जना –दुलाहा, दुलहीसहित) भन्दा बढी नहुने गरी सहभागी हुन पाउने र उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने ।
विवाह, ब्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भई अन्यत्र जिल्लाम जानु÷फर्कनु पर्ने भएमा २ वटा सवारी साधनमा बढीमा ७ जनासम्मको लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अुनमति लिनु पर्ने ।
नेपाल सरकराबाट खुल्ला गरिएका अन्तर्राष्ट्रिय प्रवेश विन्दुहरु मध्ये यस जिल्लामा रहेको भण्टाबारी नाकाबाट विदेशी नागरिकको प्रवेश पूर्ण रुपमा नियन्त्रण गर्ने र अन्य नाकाहरुमा आवातजावत गर्न निषेध गर्ने ।
कोभिड १९ संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दा जिल्ला कोभिड संक्रमण व्यवस्थापन समिति डिसीसीएमसी को मापदण्ड अनुसार गर्नुपर्नेछ । आदेशको पालना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम सजाय हुनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्