इहटरी । इटहरीस्थित विराटनगरलाईनमा पूर्व मन्त्री रामकुमार सुब्बाको घर नजिकै रहेको कवाडी क्षेत्रमा शुक्रबार ४ः ३० बजे आगलागी भएको छ । बिस्तृत विवरण आउन बाँकी रहेको छ । अहिले दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । प्राप्त जानकारी अनुसार उक्त टहरा पुरानो ट्रान्सपोर्टको परिचय बनाएको थियो ।

आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी लगायतका स्थानबाट आएका दमकल तथा प्रहरी र स्थानीयवासीले प्रयास जारी राखेका छन् । हालसम्म नियन्त्रणमा आउन नसकेको आगलागीबाट भएको क्षति यकिन हुन न सकेको इटहरीका डीएसपी अर्जुन केसीले जानकारी दिए । उनका अनुसार आगलागीबाट छेउछाउका अन्य पसलहरुमा समेत क्षति पुगेको छ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्