No description available.

रायुजा संवाददाता
कतार । कोरोनाको कहरबाट सामाजिक संस्था पनि अछुतो रहन सकेको छैन । प्रवासमा रहेर पनि मातृभूमिमा परेका समस्यालाई उत्तिकै जिम्मेवार र उत्तिकै दायित्वका बोकेर साथ, सहयोग र समर्थन गर्दै सामाजिक अभियानमा मोरङ र सुनसरी क्षेत्रभित्रको भौगोलिक सिमानामा रहेर घनिभूत रुपमा सेवा दिँदै आएको संस्थाको प्रवास शाखा अर्थात संस्थाको प्रारम्भिक थलो मोरङसुनसरी सेवा समाज कतारले प्रविधिको प्रयोगबाट शुक्रबार भर्चुअल माध्यामबाट १६ औं साधारणसभाको आयोजना गरी नेतृत्व परिवर्तन गरेको छ । हरेक वर्षमा परिवर्तन गरेर मोरङसुनसरीका संस्थामा आवद्ध युवाहरुलाई समाजमा अब्बल बनाउने उद्देश्यका साथ अयाोजना हुने मोसु कतारको नतृत्वमा यस पटक कतारकै व्यसायी, युवा व्यक्तित्व, सामाजिक अभियन्ता भिम बराइलीको हातमा पुगेको छ । बरालीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

प्रदेश १ अन्तर्गत पथरीशनिश्चरे वडा नं. ५ हसन्दहमा केन्द्रीय कार्यालय तथा इटहरी सुनसरीमा शाखा कार्यालय स्थापना गरेर सामाजिक अभियानका कामहरु भईरहेका छन् । विशेष गरेर दैविक विपत्ति बाहेक स्वास्थ्य र शिक्षामा समाजका समस्यासँग हातेमालो गर्दै सामाजिक अभियानमा गरिरहेको यो संस्थाको कतार शाखाले धरान निवासी बराइलीलाई नेतृत्व हस्तान्तरण गरेको छ ।


मोसु कतारका अध्यक्ष दिलिप पराजुलीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । मोरङसुनसरी सेवा समाज नेपालसहित विगतमा कतार कार्यसमितिमा रहेर योगदान दिएका पूर्व अध्यक्ष तथा पदाधिकारी, सल्लाहकार, मानार्थ, वर्तमान तथा पूर्व केन्द्रीय पदाधिकारी, प्रवास शाखा युएई, ओमन, कुवेत, बहराईन, जापान, साउदीका पूर्व तथा वर्तमान पदाधिकारीलगायतको सहभागीता रहेको उक्त कार्यक्रमबाट नयाँ नेतृत्व चयन भएको हो ।

No description available.कार्यक्रममा नयाँ नेतृत्वलाई शुभकामना तथा १५ औं साधारणसभाबाट चुनिएको दिलिप पराजुलीको नेतृत्वले सफलतापूर्वक कार्यकाल सम्पन्न गरेको बधाई दिँदै संस्थाका केन्द्रदेखि प्रवाससम्मका गतिविधि तथा भावी कार्यक्रमका सन्दर्भमा वक्ताले शुभकामनाका क्रममा बोलेका थिए । असहजताका बाबजुल आयोजित यो कार्यक्रम र नयाँ नेतृत्वलाई शुभकामना दिँदै केन्द्रीय तथा प्रवास शाखाका पदाधिकारीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई तथा शुभकामना साटासाट समेत गरिरहेका छन् ।
बराइलीको नेतृत्वमा चयन भएको समितिको दुई जना उपाध्यक्षमा नेत्र कुमार भुजेल (नियम) र लिलानाथ घिमिरे रहेका छन् । यसैगरी सचिव भोला बस्नेत छानिए भने सहसचिवमा द्वय पर्शुराम बञ्जरा, र अच्युत भट्टराई छनौटमा परे । यस्तै कोषाध्यक्षमा सुष्मा खतिवडा कटुवाल, सहकोषाध्इक्षमा भरत श्रेष्ठ र सदस्यहरुमा प्रेम बहादुर राई, बिरजंग थापा, सुनिता कोइराला अचार्य, सबिता दाहाल भट्टराई, गमला बस्नेत खतिवडा, पर्शुराम पोखरेल, गोबिन्द बिश्वकर्मा, जिवन याख्खा राई, मिना बिश्वकर्मा, मुना ढकाल, सुजन ढकाल र छत्रवहादुर विश्वकर्मा रहेका छन् ।

No description available.

केन्द्रीय कार्यालयका योजना, प्रवास शाखा कतारका आफ्नै संस्थागत वार्षिक कार्यक्रम तथा भावी योजनासहित विभिन्न सामाजिक अयिभानका गतिविधिमा आफूलाई अग्रणी बनाउन सफल र केन्द्र भन्दा जेठो २००१ सालमा स्थापित भएको मोरङसुनसरी सेवा समाज कतार आफ्नो संस्थाभित्र मात्र नभएर स्वदेशमा पूर्व मेचिदेखि महाकालीसम्म र कतारमा सबै संघसंस्थाहरुसँग एकताबद्ध र समन्वयात्मक ढंगबाट सहभागी हुँदै सामाजिक अभियानका काम गर्दै आएको छ । मोसु कतारका लागि भिम बराइलीको नेतृत्वमा बनेको सिंगो टिमलाई सफल कार्यकालसहितको बधाई तथा शुभकामनासहित पराजुलीको नेतृत्वले सफलतापूर्वक कार्यक्रम सम्पन्न गरी पद हस्तान्तरण गरेकोमा धन्यवाद तथा बधाई ।

No description available.

कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले मोसु प्रवास शाखाहरुले नेपाली समुदायमा विभिन्न माध्यमबाट गरिरहेको सामाजिक कार्यहरु प्रसंशा गरे । यस्तै मोसु कतारका संस्थापक महासचिव चानक पोखरेलले मोसुले भविष्यमा सामाजिक कार्यमा थप उचाई कायम गर्ने बताए ।

कार्यक्रममा प्रवासमा रहेका सातवटै मोसु शाखाको उपस्थिति रहेको भन्दै मोसु प्रवास समन्वय समितिका संयोजक बिनोद भट्टराईले खुशी व्यक्त गरे ।

निवर्तमान अध्यक्ष पराजुलीले कार्यक्रममा उपस्थित भएर सभ्य तथा भब्य रुपमा सफल बनाईदिने सम्पूर्ण मोसु शाखा, अध्यक्ष परिषद, सल्लाहकारलगायत आफ्नो कार्यकालमा कार्यभार सम्हाली पदीय जिम्मेवारी पूरा गर्नुहुने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको सहजीकरण कुमार कार्कीले गरेका थिए भने निर्वाचन समिति संयोजकको भूमिका तेज कट्वालले गरेका थिए । अध्यक्षमा निर्वाचित तथा निवर्तमान उपाध्यक्ष बराइलीले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई मोसु सचिब भोला बस्नेतले संचालन गरेका थिए।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्