रायुजा न्युज डेक्स
विराटनगर । आजको सूचना तथा सञ्चार प्रविधिको युुगमा प्रविधिसँग जोडेर समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार नारालाई सार्थक तुल्याउँदै समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय संकल्प पुरा गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।
‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।
यस दिवसका अवसरमा सुशासन, दिगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्यहरू हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले सो कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने सङ्कल्प लिएको मन्त्री गुरुङद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ– सूचना प्रविधिमैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ ।’
‘सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा यसको विकासमा सहज पहुुँच पु¥याउन सरकारले सङ्घीय संसद्मा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको छ’, सन्देशमा भनिएको छ– सूचना महामार्ग निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।’
मन्त्री गुरुङले सरकारले सबै स्थानीय तह, वडा कार्यालय, सामूदायिक शिक्षण संस्थाहरू, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुुँच सुनिश्चित गर्ने, उपरोक्त स्थानहरूमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुऱ्याउने र प्रत्येक स्थानीय तहमा सूूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको उल्लेख गर्दै दूरसञ्चार सेवालाई गुुणस्तरीय बनाउन फाइभजी परीक्षणको काम अगाडि बढिरहेको जानकारी समेत दिएका छन् ।
‘साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अति संवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यान दिइएको छ’, मन्त्री गुरुङले सन्देशमा उल्लेख गरेका छन– सूचना तथा सञ्चार प्रविधिको उपयोग गरी कोभिड–१९ बाट सुरक्षित रहन सबैलाई हार्दिक आह्वान गर्दै यस अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमार्फत मुुलुकलाई समृद्ध बनाउने अभियानमा संलग्न राष्ट्रियरअन्तरराष्ट्रिय क्षेत्रमा कार्यरत व्यक्ति, सङ्घ, संस्थाहरूप्रति हार्दिक धन्यवाद ।
सूचना तथा संचार प्रविधिमा इन्टरनेटको प्रयोगले सामाजिक तथा आर्थिक क्षेत्रको बृद्दि तथा विकासमा बृहत सम्भावना बोकेको छ ्र विद्युतीय पूर्वाधार ज्ञानमा आधारित समाजको लागि महत्वपुर्ण मानिन्छ ्र विद्युतीय पूर्वाधारले विभिन्न प्रविधिहरु जसमा इन्टरनेट ब्रोडब्याण्ड च्यानलहरु, कम्प्युटिंग पावर, ब्यान्डविड्थ सम्बन्धि प्रावधान, डाटा भण्डारण इत्यादि समावेश गर्दछ जुन उन्नत संसाधन प्रयोगको लागि उपयुक्त हुनेछ ्र सूचना र संचारको विकासलाई स्थिर राख्न विभिन्न प्रविधि र विश्वव्यापीकरणको चुनौतीहरूको सामना गर्न तथा विश्वव्यापीकरणको चुनौतिहरू पूरा गर्न,गुणस्तरीय पूर्वाधारमा लगानी गर्न , अनुसन्धान र विकासलाई बढावा दिन, संचार इन्टरनेट र ब्रोडब्याण्ड टेक्नोलोजीमा बौद्धिक सम्पत्ति सिर्जना गर्न र सम्बद्ध नीतिका मुद्दाहरूलाई सम्बोधन गर्न यसको निरन्तर आवश्यकता देखिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्