रायुजा संवाददाता
इनरुवा । जिल्ला प्रशासन कार्यालय इनरुवाले यस अगाडि जारी गरेको सूचनामा होटलसम्बन्धी प्रावधानको पुनः व्याख्या गरेको छ । जिप्रकामा बिहीबार बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञाको अवस्था र लगाइएको प्रावधानको प्रभावकारिताका सन्दर्भमा बैठक बसेर केही स्पष्टीकरणसहितको निर्णय गरेको जिप्रका सुनसरीको वेवसाइटमा सूचना राखिएको छ । सो सूचनाका अनुसार होटल, रेष्टुराको हकमा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने भन्ने ८ नम्बर बुँदाबाट सर्वसाधारणमा पर्न गएको दुविधा हटाउँदै अव देखि यात्रु बास स्थल र खाना सुविधा भएको यात्रुलाई खाना खुवाउने होटेल मात्रै बिहान ८ बजे देखि राति ८ बजे सम्म खोल्न पाइने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको डिसिसिएमसीको बैठकले सो निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको सो बैठकले अन्यत्र जिल्लाबाट कुनै काम विशेषले सुनसरी जिल्लामा आउने र यस जिल्ला हुँदै अन्यत्र जाने यात्रुहरूको सुविधालाई ध्यानमा राखी होटेल तथा रेस्टुरेन्ट बिहान ८ बजे देखि बेलुका ८ बजे सम्मका लागी खुला गरिएकोमा यस आदेशको अपव्याख्या गरी जथाभाबी पसलहरू खुला गरिएको पाइएकाले यस समितिको ध्यान आकृष्ट भएको भन्दै यस्तो निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुनसरीको सूचनामा उल्लेख छ ।
होटेल भन्नाले यात्रु बास स्थल र खाना सुविधा लजिङ फुडिङ भएको होटेल र रेस्टुरेन्ट भन्नाले राजमार्गको छेउछाउमा रहेका यात्रुलाई खाना खुवाउने रेस्टुरेन्ट मात्र बिहान ८ बजे देखी बेलुका ८ बजे सम्म खुल्ला गरिएको हुँदा र अन्य होटेल रेस्टुरेन्टको हकमा टेक अवे सर्भिस प्याकिङ सेवा दिने गरी बन्द गर्ने ब्यहोरा सूचित गरेको छ ।
यसै गरी जिल्ला अस्पताल, सुनसरी (इनरुवा अस्पताल) मा अक्सिजन सुविधा सहितको २० बेड र १ वटा भेन्टिलेटर क्षमताको कोभिड अस्पताल पनि सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्