पुर्पुरोमा जे लेखिए पनि भाग्यसँगै कर्म गरौं । यतिखेर समुदायस्तरमै कोरोना भाइरस फेरी विगत झै आउने तरखरमा रहेको छ । विभिन्न पालिका, जिल्ला प्रशासन कार्यालय तथा सरोकारवालहरुले कोरोनाको प्रभावबाट बच्न दिएको विभिन्न सन्देशमूलक सूचना, स्वास्थ्यमापदण्ड तथा सचेतनामा ध्यान दिऔं । आफू सुरक्षित रहे परिवार, समाज र देश सुरक्षित रहन्छ ।


मेष – यस वर्चश्व बढ्नेछ । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । आरोग्यता एवम् सुख समृद्धि बढ्ला । मान पुरस्कार प्राप्त होला । आर्थिक कार्यमा अनुकूलता रहला । पारिवारिक सौहाद्र्धता बढ्नेछ । साझेदारीको काम बन्नेछ । लगानी उठ्ला । कार्यव्यापारमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । पारिवारिक सुख समृद्धि हासिल हुनेछ ।

बृष – धर्म कर्ममा प्रवृत्ति बढ्नेछ । सुख सम्पति धन मान आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । शक्ति सामर्थ्य बढ्नेछ । उन्नतिपदोन्नति हुनेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ ।

मिथुन – जोखिमका कार्यदेखि सावधान रहनुहोला । प्रेममा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ तथापि सतर्क रहनु बेस हुनेछ । वार्तामा सफलता मिल्नेछ । ख्याति फैलिनेछ । रोकिएको काम बन्ला र नयँं कार्य पनि बन्नेछ ।

कर्कट – मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । पारिवारिक सुख मिल्नेछ । धन मान बढ्नेछ । समस्याको समाधान मिल्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । मित्रजनको सहयोग प्राप्त होला । विजयश्री मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ ।

सिंह – ग्रहगोचर शुभ फलदायक रहला । धन सम्पत्ति मान महत्व बढ्नेछ । मिठो भोजन मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सुख आनन्दमा आकर्षण बढ्ला । पारिवारिक सुख बढ्ला ।

कन्या – बौद्धिक र रचनात्मक काम बन्नुका साथै इष्टमित्रको साथ प्राप्त हुनेछ । देखा परेको समस्याको समाधान मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो हुनेछ । प्रसिद्धि फैलिनेछ । धन यश मान प्रशंसा बढ्ला । यात्रा होला । प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ ।

तुला – प्रेममा सफलता मिल्नेछ । धन सम्पति बृद्धि होला । सुख आनन्द बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम तथा बौद्धिकता र रचनात्मकतासित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । वार्तामा सफल हुनुको साथै विजयी पनि हुनुहुनेछ । ऐश्वर्य तथा उत्साह बढ्ला ।

वृश्चिक – सफलता र समृद्धि प्राप्त हुनेछ । रस–विलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन सम्पत्ति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । विकासको नयां सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । शुभ समाचार प्राप्त हुनेछ ।

धनु – भय भ्रम खर्च आदिमाथि नियन्त्रण बढ्ला । नियमकानूनले साथ दिनेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्ला । स्वास्थ्यमा सुधार आउनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पत्ति ऐश्वर्य बढ्नेछ । हांसविलासमा आकर्षण वृद्धि हुनेछ ।

मकर – अन्नधन बढ्नेछ । सुख आनन्द बढ्ला । आयस्रोत बढ्ला । रोकिएको धन प्राप्त होला । दूर देशबाट शुभ समाचार प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । मान सम्मान बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कुम्भ – कार्यमा सफलता प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नयाँ कार्यमा सफलतासँगै नयाँ दायित्व पनि प्राप्ति होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ ।

मीन – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्लान् । दूरदेशको यात्रा होला । हांसविलासमा रुचि बढ्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । यश वर्चश्वमा वृद्धि होला । ख्याति फैलिनेछ । मान पुरस्कार प्राप्त होला । आँट उत्साह बढ्नेछ ।

■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

Ghatnabichar

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्