महेन्द्रमाला घोकेका गणतन्त्रवादीहरू

90
  • संकेत कोइराला

घाँटी घाँटीसम्म महेन्द्रमाला कण्ठ गरेका प्रचण्डलाई जनयुद्धदेखि नै श्रीपेचविनाको राजा बन्ने ठूलो धोको थियो । देशका नदीनाला, विमानस्थल, डाँडापाखा आफ्ना नामबाट नामाकरण गरिउन भन्ने भोक पनि उत्तिक्कै थियो । जनयुद्धताका कम्युन शिक्षाका नाममा गाता बाहिर प्रचण्डको फोटो छापिएको किताव बोकाएर स्कुले तिते भुराहरुलाई मुड्की ठड्याउने अभ्यास दुईदिने रामछायाँ नै किन नहोस् , रुकुम- रोल्पाका केही स्कुलमा देखिएकै हो ।
कारखानाको मेसिन बिग्रियो भने गोजीमा रहेको ‘रेडबुक’ ढोगेमा आफैं मेसिन दुरुस्त हुन्छ भन्ने माओत्सेतुङकालिन भूत प्रचण्ड अवतारमा ब्यूँझाउने अनगिन्ती प्रयास माओवादीबाट नेपालमा भएकै हो । तर विश्वमा आएको मानवीय चेतनाको लहरले माओवादीका ती सबै रहर पानीमा किलो गाडेजस्तै बनाइदियो । मोटाउनु र सुन्निनु एउटै होइन रहेछ भन्ने चेत पछिल्लो समयको राजनीतिक प्रकरणले पनि माओवादीमा खुलेको हुनुपर्छ । एकातिर आईफोन पुस्ताको प्रवेश, अर्कातिर सिमसिमे राजाको सोच भएका नेताहरुको सामञ्जस्य नमिल्दा राजनीतिक व्याकरण वर्षौंदेखि गोलचक्करमा फसेको छ । केटीको कुरा गर्दा सडक पेटी भनेर बुझ्ने देशका सारथीहरुले आफूलाई परिवर्तनसंग कहिल्यै रुपान्तरण गरेनन । माघको ठिहीमा पनि कार्यकर्तालाई आइसक्रिमको व्यापार गर्न पठाउने शास्त्रीय राजनीति उनीहरुको धर्म बन्दै आएको छ । फलस्वरुप देश विकासको नारा दृष्टिविहीनले छामेको हात्तीजस्तै बन्यो । सबै नेपालीका हातमा मोबाइल पुग्यो । टेकूको सडक बालकले पुतलीसडकको सडक बालकलाई आफ्ना टोलतिर धेरै प्लास्टिक भएको सूचना मोबाइलबाट दिने अवस्था त आयो । तर मोबाइल बोक्नेको महामारीले देशको सामाजिक अर्थशास्त्र ध्वस्त भयो ।
मानिसका सोच फेरिए । रहर फेरिए । तर विकासको पाङ्ग्रो एक फन्को पनि घुमेको छैन । हजुरबाको पालादेखिको हलो उही छ ।
छिमेकी देशबाट मरिकुच्चे भारी बोकेर आउने ट्रक फर्किदा फिरफिरेजस्तै बत्तिएर गन्तव्य पुग्ने दृश्य कसैका लागि नौलो भएन । तर भात खाएको र चिया पिएको खबर सोध्न रिचार्ज कार्डमार्पmत अरबौं सिध्याउने संस्कृतिले देशलाई कता लैजान्छ भनेर कसैले सोचेको छैन । हो, यही अपसंस्कृति हावी भएर त हो नि खाडीमा काम गर्ने एक नेपाली कामदारले सालीसंग फोनमा कुरा गरेर तीन लाख सिध्याएको समाचार सार्वजनिक भएको । कम्पनीको फोनबाट दिनैपिच्छे घण्टौँ सालीभेना गफिएको तोरीको फूल भेनाले त्यतिबेला देख्यो, जतिबेला घरबाट ऋण काढेर उसलाई उकासेर नेपाल ल्याउनु प(यो । मानिसका सोच फेरिए । रहर फेरिए । तर विकासको पाङ्ग्रो एक फन्को पनि घुमेको छैन । हजुरबाको पालादेखिको हलो उही छ । गोरु त छ तर मोबाइल रिचार्ज गर्न गोरुले खाने भुस, चोक्करमा घोटाला गर्न तम्सने गोठालाहरु बढ्दा छन् । गोरुले खाने चोक्करमा भ्रष्टाचार भएपछि स्वभावतः गोरु कुपोषणग्रस्त हुने नै भए । तपाईं नै अनुमान गर्नुस् त, सारंगी पेट भएका गोरुले कुन हुतिले हलो तान्नु रु मोबाइलको सेटजस्तै हलो र गोरु पाल्ने प्रविधिमा पनि नयाँपन आइदिएको भए देशको अनुहार कस्तो हुन्थ्यो होला रु
कर्ममा हैन, रहरमा नसा लगाइदिने सरकारी उत्ताउलोपनका कारण देश झन्झन् अधोगतितर्फ लाग्दैछ । समस्या सानो कुरामा छ तर प्राविधिक र अंग्रेजी शब्द घोलेर त्यसलाई बुझिनसक्नुको महाभारत बनाइन्छ । संसारका हरेक राज्यले जनतालाई दिने भनेको पानी, बिजुली र सडक हो । यी तीनथोक दिएपछि कसैले जुम्लाको स्याउ कुहिएको समाचार सुन्न पर्दैन । झापाका किसानले धानको बजार नपाएको गीत गाउनु पर्दैन । धान झुलाउने र स्याउ फलाउने आफैंले आफ्नो आवश्यकताको परिपञ्च मिलाउँछन् ।
चाउचाउ औषधी पसलमा पाइन्छ । रक्सी, वियर र चुरोट तरकारी पसलमा सहज ढंगमा उपलब्ध हुन्छ । यी बस्तुको आपूर्तिलाई बाढी, पहिरो, खडेरी केहीले रोक्दैन । तर खाद्य संस्थानले लैजाने अन्न, आयल निगमको तेल, साल्ट ट्रेडिङको नून र कृषि सामग्री कम्पनीको मललाई औंसी, पूर्णिमादेखि हाकिमकी छोरीको विहेले पनि छेक्छ । नातिको पास्नीले पनि विक्रीमा प्रभाव पार्छ । चाउचाउ र चुरोटको व्यापारिक सोच व्यापारै गरी खाने सरकारका निकायमा चाहिँ किन लागू हुन सक्दैन रु हो यी सवैको उत्तर हो– भिजन नभएका नेता र नियत ठीक नभएका कर्मचारीको मिलेमतो नै हो ।
‘डर्टी पिक्चर’ मा विद्या बालनसंग उलाला उलाला गीतमा विन्दास अभिनय गरेपछि नसरुद्दिन शाह क्रेज ह्वात्तै बढेको छ । ७० वर्षका नसरद्दिनसंग २० ननाघेका हिरोइनहरु नाच्न नपाएकोमा पछुतो मानिरहेका छन् । ८० को हाराहारीका अमिताभ बच्चनले त झन् बलिउडमा यस्तो जादू छरिदिए कि जिउँदो भगवानका रुपमा स्थापित भए । उनको व्यक्तित्व अब कलामा मात्र सीमित नभएर ज्ञानभण्डारमा पनि विस्तार भएको छ । हो सस्तो लोकप्रियताका लागि रेखा थापासंग कम्मर हल्लाई हल्लाई नाचेका प्रचण्डका लागि त्यही नचाई थाल खाउँ कि भात खाउँ जस्तो भयो । समर्पण नभएर एकले अर्कालाई प्रयोग गर्ने शैलीमा मच्चाइएको कम्मरले प्रचण्ड कमरेडको इज्जतकै ढाडै भाँचियो । विचरी रेखा थापालाई चैते माओवादी भएर शक्तिको आगो ताप्नु थियो, तापिदिइन । इज्जतै नभएकालाई बेइज्जतको के चिन्ता र रु माओवादी अध्यक्ष प्रचण्ड भीडको लहैलहैमा लाग्दा नराम्रोसंग भास्सिए । उनी यतिका चर्चाको केन्द्रविन्दु किन पनि बनेका हुन भने इतिहासको एउटा मोडले सिङ्गो उनीसंग अपेक्षा गरेको थियो ।
तीन करोड जनताले पछिल्लो राजनीतिक परिवर्तनपछि आफ्ना सन्तान दरसन्तानको भविष्य उज्ज्वल हुने अपेक्षा गरेका थिए । तर ती सवै इच्छा, आकांक्षा बालुवाको घर सावित भए । अरु राजनीतिक दल ढोके, हुक्के, चम्चे, छातेबाट माथि उठ्न सकेका थिएनन् नै, माओवादीका नेता त झन् परिवारका दुईपुस्ताभन्दा अगाडि बढ्ने छाँटकाँटै देखिएन । अरु रुख हल्लाएर पात खान्थे, यिनीहरुलाई त यति हतार कि रुखै ढालेर खान थाले । रुखै ढालेपछि त सर्वनास भइगो नि । आउँदो पुस्ताले के खाने रु
राम्रो काम गर्नेका लागि हरेक समय शुभसाइत हो । देश बनाउनेहरुले अण्डाको पनि माया गर्ने अम्लेठ पनि खान खोज्ने आरिस गर्नु हुँदैन । एउटा पुस्ताले आफ्नो जीवन दाउमा नराख्ने हो भने अर्को पुस्ताको जीवनयापन सरल बन्नै सक्दैन । राजनीतिक परिवर्तनसंग आममानिसको कस्तो अपेक्षा हुन्छ रु एउटा उदाहरण यहाँ प्रस्तुत छ ।
अमेरिकी राष्ट्रपति आइजनहावरले आप्mनो पद सम्हालेपछि उनका नाममा असंख्य उपहार र शुभकामनाहरु आइरहे । यिनै शुभकामनाको भीडमा एउटा बुट्टेदार सुन्दर कुचो पनि थियो । जुन कुचोलाई आइजनहावरले आफ्नो कार्यकक्षको मध्य केन्द्रमा राखेका थिए । एकपटक कुनै राष्ट्रका राष्ट्राध्यक्षले भ्रमणको सिलसिलामा उक्त कुचोप्रति जिज्ञासापूर्ण नजर हेरेपछि राष्ट्रपतिले मुस्कुराउँदै आफू विजय भएपश्चात एक मतदाताले उपहारस्वरुप उक्त कुचो पठाएको रहस्य सार्वजनिक गरे । कुच्चो पठाउने सज्जनले कुचो उपहार पठाउनुको औचित्य पुष्टि गर्दै लेखेका थिए( ‘तपाईंले चुनावी भाषणमा आफू राष्ट्रपति भए प्रशासनमा भएका सारा घुसखोरी र भ्रष्टाचारीलाई सफाई गर्नेछु । मलाई विश्वास छ( ‘यो उपहारले सदा तपाईंलाई आफ्नो वचनको सम्झना गराउने छ ।’ आइजनहावरले अगाडि भने( ‘कुचो उपहार पठाउनेवाला सज्जनका यी शब्दहरु मलाई अति प्रेरणास्पद छन् । यसैले मैले कुचोलाई सर्वश्रेष्ठ उपहार सम्झेर सधैं आफ्नो सामुन्ने राखेको हुँ ।’
लोकतन्त्र र सुशासन एक अर्काका पर्यायवाची शब्द हुन् । साँचो लोकतन्त्रमा कसैको मानमर्दन हुँदैन र कसैबाट हुनु हुँदैन । सबैको विचार र भावना अटाउने वातावरण नै प्रजातन्त्रको न्यूनतम आधारशिला हो । भगवान गौतम बुद्धले भन्नु भएको छ( ‘एकदमै निन्दित या एकदमै प्रशंसित मानिस न उहिले थियो, न आज छ १ न भोलि हुनेछ ।’ बुद्ध वाणी सम्झेर हामी उच नीचबाट माथि उठ्नु आवश्यक छ । त्यही भात थालमा हुन्जेल भात हुन्छ तर थालबाट झरेपछि जुठो । जिन्दावादका हात मुर्दावादमा उठ्न कतिवेर पनि लाग्दैन । नेपाली जनतालाई जनताको परिचयबाट नामेठ गरेर दलका दलाल बनाउने प्रयास जुनसुकै दलले गर्दै आएका छन् । तर हेक्का रहोस्( चिकित्सक संघ हुन्छ तर रोगी संघ किमार्थ हुँदैन । आवरणमा जे देखिएपनि यथार्थ अलग हुन्छ । जतिसुकै प्रतिकूल परिस्थितिमा पनि आफ्नो आकार बनाउने पानीजस्तै हो जनता ।
जुनबेला कुनै नागरिक एउटा नाङ्गो चक्कु बोकेर हिँड्दा प्रमुख समाचार बन्थ्यो, त्यो समय मोहनचन्द्र अधिकारीले पनि क्रान्तिका नाममा मान्छे ठुन्क्याउने खेती गरेकै हुन् । प्रकारान्तरमा उनले कस्तो नियतिमा आफूलाई ढाल्नु पर्‍यो रु सबैले देखेकै छ । कुनै व्यक्ति आफैं संस्कृति र सभ्यताविहीन छ भने त्यसले अरुको संस्कृति कसरी संरक्षण गर्नसक्छ रु नेपालको राजनीतिमा नबुझिएको पहेली भनेकै यही हो । मानिसका बोलीका तीन प्रकार हुन्छन् । एकथरि जीब्रोले बोल्छन् । अर्काथरि मनले बोल्छन् । अनि खाँटी मानिसहरू मन र मस्तिष्कले बोल्छन् । नेताहरु तेस्रो खाले हुन सके भने उनीहरु जनताका धरोहर हुनेछन् ।– मकालु खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्