रायुजा संवाददाताइटहरी । निषेधाज्ञाको उल्लंघन गर्ने झण्डै ६ दर्जन इटहरी र दुहवीका व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ । इलाका प्रहरी कार्यालय इटहरीलेले मुख्य चौक, बिपि चौक, संगित चौक लगायतका क्षेत्रबाट जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा उल्लंघन गरी ब्यवसाय सुचारू गरेको पाइएपछि ४५ जनालाई कारवाही गरी छोडेको छ । इप्रका इटहरीका डिएसपी अर्जुन केसीका अनुसार उनीहरुलाई प्रहरी कार्यालयको प्राङ्गणमा २ घण्टा उभ्याई पहिलो पटक सचेतना जगाएर छाडिएको बताएका छन् ।
यसैगरी दुहवीबाट प्राप्त समाचार अनुसार सो क्षेत्रका २५ जना व्यवसायीलाई पक्राउ गरी पहिलो पटक भएकोले सम्झाई बुझाई गरी छाडिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
प्रहरी गस्तिमा गएको बेला केहिले आधा सटर मात्रै खोलेर व्यसाय गरेको, केहिले बाहिरबाट लगाए जस्तो गरेर भित्र कारोबार गरिरहेको फेला पारेपछि उनिहरूलाइ तत्काल नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार प्रसाशनले जारी गरेको निषेधाज्ञालाइ स्थानीय सरकारले कडाइका साथ पालना गराउन नसक्दा ठुला व्यवसायिहरूनै नियम बाहिर गइ व्यवसायहरू सञ्चालन गरिरहेको पाइएको बताएको छ ।
यसैबिच आइतबार नै नियम बिपरित सवारीसाधन सञ्चालन गरेको भन्दै इटहरी प्रहरीले २ सय १७ वटा मोटरसाइकल २१ वटा तिन पांग्रे र चारवटा निजि कारलाई नियन्त्रणमा लिइ दिनभर होल्ड गराएको प्रहरीले बताएको भने दुहवी प्रहरीले पनि दर्जनौं नियम उल्लंघन गर्ने सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । सुनसरीमा जिप्रका सुनसरीले २४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्