रायुजा संवाददाता
काठमाडौं । कोरोना संक्रमण नेपालमा पछिल्लो समयमा भयावह बन्दै गईरहेको छ ।
गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १६ हजार ६ सय ५८ जना र एन्टीजेन विधिबाट ५ सय १८ गरी कुल १७ हजार १ सय ७६ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २५ लाख २१ हजार १६४ जना पुगेको मन्त्रालयले प्रेस ब्रिफिङमा बताएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
आजै २ हजार २१ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा २ लाख ८६ हजार १५ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने ८३.३ प्रतिशत पुगेको छ। हिजो निको हुने दर ८५।५ रहेको थियो ।
हालसम्म ५४ हजार ४१ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने दर २१२ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या कूल संख्या ३ हजार ३ सय ६२ पुगेको छ । यसैगरी सोमबार २ हजार २१ जना कोरोनाका बिरामी निको भई घर फर्केका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्