रायुजा संवाददाता
विराटनगर । दैनिक पुनः कोरोना भाइरस संक्रमण तिव्र गतिमा बढ्दै गएको छ । विगतको भन्दा निकै बढी प्रदेश १ मा पनि देखिएको छ । प्रदेश १ का मोरङ, सुनसरी र झापाको अवस्था भयावह हुँदै गएको तथ्याङ्कले देखाउँछ । सोमबार प्रदेश १ बाट थप भएका ६०१ कोरोना संक्रमित मध्ये ५ सय ३४ जना मोरङ, सुनसरी र झापाबाट परेका छन् । यसैगरी विराटनगरबाट मात्र सोमबार सबैभन्दा बढी विराटनगरबाट ९७ महिला र १२९ पुरुष सहित २२६ संक्रमित पुष्टि भएका छन् । यसैगरी दोस्रो स्थानमा झापाको विर्तामोड नगरपालिका पर्न गएको छ । जहाँबाट ४० जना संक्रमित पुष्टि भएका छन् भने सुनसरीको इटहरीबाट पनि ३७ जना संक्रमित पुष्टि भएका छन । यसपछि धरान नगरपालिका आएको छ । धरानबाट ३१ जना संक्रमित भएका छन् भने झापाकै दमक नगरपालिकाबाट २८, भद्रपुरमा २४, मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट २० जना र सुनसरीको इनरुवाबाट १६ जना संक्रमित पुष्टि भएका छन् ।
पछिल्लो २४ घण्टामा कुल १ हजार ३ सय ३० जनाको पीसीआर परीक्षण गरिएका मध्ये २ सय ७७ महिला र ३ सय ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय विराटनगरले जनाएको छ ।
मोरङका २ सय ८२ जना, झापाका १ सय ५१ र सुनसरीका १ सय १ जना कोरोना संक्रमित पुष्टि भएका छन् । यसैगरी , उदयपुरका ११, धनकुटाका ८, इलामका ७, संखुवासभाका ६, खोटाङका ३, पाँचथर, ताप्लेजुङ, ते¥हथुम र भोजपुरका १–१ र प्रदेश १ बाहिरका ३४ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पालिकाका आधारमा हेर्ने हो भने सबैभन्दा बढी मोरङको विराटनगरका पर्न गएका छन् । त्यहाँ ९७ महिला र १ सय २९ पुरुष सहित २ सय २६, सुन्दरहरैँचाका २०, जहदाका ७, बुढीगंगा र उर्लाबारीका ५–५, कटहरीका ४, पथरीशनिश्चरे र बेलबारीका ३–३, लेटाङ, रंगेली र सुनबर्षीका २–२, धनपालथान, ग्रामथान र स्थानीय तह नखुलेका १–१ जना छन् । झापाको विर्तामोडका ४०, दमकमा २८, भद्रपुरका २४, अर्जुनधारा, मेचीनगर र गौरादहका ११–११, कनकाईका १०, कमल गाउँपालिकाका ६, शिवसताक्षी, बुद्धशान्ति, हल्दिबारी र बा¥हदशीका २–२, गौरीगञ्ज र झापा गाउँपालिकाबाट १–१ जना छन् ।
यस्तै, सुनसरीको इटहरीमा ३७, धरानमा ३१, इनरुवामा १६, रामधुनी र बर्जुमा ४–४, दुहवी र गढीमा ३–३, बराहक्षेत्रमा २ र हरिनगरमा १ जना छन् भने उदयपुरको त्रियुगामा ४, चौदण्डीगढीमा ३, उदयपुरगढी र बेलकामा २–२ जना छन् ।
धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर, शहिदभूमी र साघुरीगढीमा १ जना छन् भने संखुवासभाको खाँदबारीमा ६ जना छन् ।
इलामको रोङमा ४, माई, इलाम र सन्दकपुरमा १–१, खोटाङको साकेलामा २, बराहपोखरीमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १, ते¥हथुम र भोजपुरमा १–१, र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ९४१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार जना ७९ संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ५७ पुगेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्