Rashtriya Yuva Jagaran
Online Digital News

मुद्दा मिलेपछि दाहाल–भट्टराईको एकता प्रयास उत्कर्षमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, साउन ९ गते । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सकिएपछि समिक्षा गर्न बसेको सचिवालय बैठकमा उठेका विषय र गरेका निर्णयबाट कार्यकारी राष्ट्रपतिको मुद्दासमेत पास भएको भन्दै दाहाल–भट्टराई (माओवादी केन्द्र र नयाँ शक्ति) बीचको एकता प्रयास उत्कर्षमा पुगेको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकताका लागि प्रक्रिया चलिरहेको भएपनि पुष्पकमल दाहाल प्रचण्ड थाइल्याण्डबाट फर्केलगत्तै माओवादी केन्द्रले प्रत्यक्ष कार्यकारीको एजेण्डा जोडदारका साथ उठाएपछि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई एकताका लागि तयार भएका हुन् । यद्यपी समाजवादी फोरमसँग एकता प्रक्रिया हिजो नै भंग भइसकेको छ ।

बाबुराम नयाँ शक्ति खोले देखिनै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको लाइनमा छन् । उनले यसका लागि बेला बेला आवाज उठाउँदै आएका थिए । आफ्नो पुरानो पार्टीले नै यो एजेण्डा आत्मसात गरेपछि विचार र सिद्धान्तको मिलेको भन्दै बाबुराम अब एकीकरणका लागि तयार भएको स्रोतको भनाई छ । स्रोतका अनुसार माओवादी र नयाँ शक्तिबीच एकीकरण अन्तिम चरणका पुगेको छ । अब बाबुराम माओवादीमा विलय भएपछि पार्टीको सह अध्यक्ष बन्नेछन् ।

यद्यपी पदीय मर्यादा लगायत बाँकी सबै कुरा मिलेपनि पार्टीको नाममा भन्ने बाबुरामको बेगलै लाईन छ । बाबुरामले माओवादी नभएर जनवादी वा समाजवादी नाम राख्न प्रस्ताव गरेका छन् । जसमा छिट्टै सहमति भई माओवादीसँग एकीकरण हुने नेताहरुको भनाई छ ।

Leave A Reply

Your email address will not be published.