Rashtriya Yuva Jagaran
Online Digital News

महानगर प्रमुख पराजुलीद्वारा तारणी प्रसाद कोइराला सञ्चारग्रामको शिलान्यास नेपालकै नमूना बन्ने ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुविधा सम्पनन देशकै नमूना सञ्चारग्राम बन्ने मेयर पराजुलीको भनाई
विराटनगर (मोरङ), कात्तिक १८ गते । विराटनगरमा तारणीप्रसाद कोइराला सञ्चार ग्रामको शुक्रबारदेखि विधिवत रुपमा निर्माण कार्य सुरु भएको छ ।
विराटनगर—४ स्थित खार्जी कोहबारामा निर्माण गरिने सञ्चारग्रामको विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले शुभारम्भ गरेका हुन् ।
सूचना तथा सञ्चार मन्त्रालय र रेडियो नेपालको सहयोगमा १९ करोड ९६ लाखको संयुक्त लगानीमा विराटनगरमा महानगरपालिकाको ६ कट्ठा ८ धूरमा निर्माण हुने सञ्चार ग्राम ४ तले हुनेछ ।
सञ्चारग्राम प्रोजेक्टका इन्जिनियर अर्जुन थापाका अनुसार निर्माण कार्य २०७५ चैत मसान्तसम्ममा सम्पन्न हुने छ ।
सञ्चारग्राममा २५० जना अट्ने हल, १५० जना क्षमताको तालिम हल, क्षेत्रीय सञ्चार संग्राहलय, इ—लाइब्रेरी, रेकर्डिङ स्टुडियो, समाचार तथा कार्यक्रम प्रशारणका लागि एफएम स्टुडियो, प्रशासनिक कक्षलगायतका संरचना निर्माण हुने छ ।
विराटनगर महानगरपालिकाका मेयर पराजुलीले स्टिल संरचनामा निर्माण गर्न लागिएको सञ्चारग्राम अत्याधुनिक र सुविधासम्पन्न नेपालकै नमूना बनाउन लागिएको बताए ।
नेपालमा प्रजातन्त्र रेडियोको नामबाट २००७ सालमा तारणीप्रसाद कोइरालाले पहिलोपटक विराटनगरबाट रेडियो प्रशारण आरम्भ गरेका थिए ।
प्रजातन्त्र र रेडियो प्रशारणको उद्गमस्थलका रुपमा रहेको विराटनगरमा रेडियोको सुरुवात गर्ने कोइरालाको नामबाट सञ्चारग्राम निर्माण गर्न लागिएको हो ।
यस अघि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत शिलान्यास गरेको तर बजेट विनियोजन नगरेको कारण सो सञ्चारग्राम अलपत्र परेको थियो ।

Leave A Reply

Your email address will not be published.