Rashtriya Yuva Jagaran
Online Digital News

श्रीमतिलाई उत्तराधिकारी बनाउन खोज्दा जिम्बाबेका राष्ट्रपति मुगावे शासनको अन्त्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पार्टीबाट अपदस्त, महाभियोगको डरले अगाडि नै राजिनामा, सेनाको समेत हस्तक्षेपकारी भूमिका

राष्ट्रप्रति महाभियोग लगाउने तयारीसहित छलफलमा जुटेका जिम्बाबेका सांसदहरु ।

काठमाडौं, कात्तिक ६ गते । जिम्बाबेका ९३ वर्षीया विश्वकै बृद्ध राष्ट्रपति रोबर्ट मुगावेले कान्छि श्रीमतिलाई राष्ट्रपति (उत्तराधिकारी) बनाउन खोज्दा मुगावे शासनको अन्त्य भएको छ ।
उपराष्ट्रपति इमरसन मांगाग्वालाई पदत्युत मात्र गरेनन् मांगाग्वासँग निकट सैनिक कमाण्डर जनरल कन्स्टान्टिनो छिविन्गालाई पक्रने प्रयास गरेपछि उनको मागावे शासन हल्लिएको थियो ।
सोही घटनाका कारण उनकै पार्टीले समेत उनलाई सैनिक र जनताको समर्थनमा अपदस्त समेत गरेको थियो । उद्यपि उनले राजिनामा दिने वा निकास निकाल्ने भन्दा शक्तिको धमास दिँदै हिंडेपछि महाभियोगको प्रस्ताव अगाडि बढाउँदै गर्दा बीचैमा उनले राजिनामा पठाए ।
सत्तारुढ दल जानु–पिएफले उनलाई ‘सोमबारसम्म राजीनामा नदिए महाभियोग सामना गर्न’ चेतावनी दिएको थियो। महाभियोग दर्ता प्रक्रिया सुरु भएपछि मुगावेले संसदका नाममा चिठी पठाएर राजीनामा दिएको सभामुखले जानकारी दिएका छन्।
मुगावेले पठाएको राजीनामापत्र सभामुखले संसदमा पढेर सुनाएका थिए। पत्रमा उनले ‘तत्काल लागू हुने गरी’ राजीनामा दिएको उल्लेख गरेका छन्। राजीनामाका कारण ‘जिम्बावे जनताको भलाइ’ र ‘शान्तिपूर्ण शक्ति हस्तान्तरण’ भनिएको छ। ९३ वर्षीय मुगावे संसारकै बढी उमेरका राष्ट्रप्रमुख थिए। उनको राजीनामापछि संसदले खुसी मनाएको थियो। स्थानीय जनता पनि विजयोत्सव मनाउन सडकमा ओर्लिएका थिए।

Leave A Reply

Your email address will not be published.