राशिफलहट् निउज्

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७६ असार १९ गते बिहीबार

वि.सं. २०७६ आषाढ १९ गते, बिहीबार (२०१९ जुलाइ ४), आषाढशुक्ल द्वितीया

मेषअवसर हुँदाहुँदै पनि विकल्पको बाटो रोज्नाले महत्वपूर्ण अवसर गुम्नेछ । पारिवारिक समस्याले गर्दा काम कार्य गर्ने वातावरण बन्ने छैन । सामान्य कार्यलाई पनि कडा परिश्रम गर्नु पर्दा हैरानि लाग्नेछ ।
बृषसमय र परिस्थिति अनुसार चल्न सकिनेछ । साथीभाईसँगको रमाइलो जमघट हुनेछ । व्यक्तित्वको चर्चा हुनेछ । सामाजिक कार्यबाट सम्मान मिल्नेछ । व्यवसायबाट सन्तोषजनक लाभ मिल्नेछ ।
मिथुनसानातिना झमेलामा नअल्झनु होला । आर्थिक सञ्चय गरिनेछ । आज गरेको कार्यले भविष्यसम्म लाभ लिन पाइनेछ । बोल्ने कलाको बृद्धि विकास हुनेछ । कुटुम्बको साथ सहयोगले कार्य बन्नेछ ।
कर्कटअघिदेखिका समस्यालाई सुल्झाउन सकिनेछ । नयाँ कार्यको सम्झौता हुनेछ । आत्मबल आत्मविश्वास थपिनेछ । शैक्षिक क्षेत्रमा प्रगतिको संकेत देखिन्छ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुगिनेछ ।
सिंहविश्वास गरेका व्यक्तिले समर्थन छाड्ने छन् । भय र त्रासको वातावरणले कार्य गर्न सकिने छैन । लहैलहैमा लाग्दा गलत कार्यमा लागिन सक्छ, सतर्क रहनु होला । नयाँ लगानिले तनाब मात्र निम्त्याउने छ ।
कन्याआयमूलक कार्यमा चासो रहनेछ । बन्दव्यापारबाट मनग्य नाफा कमाइनेछ । सहयोगीहरुको साथ मिल्दा नयाँ कार्यको आरम्भ हुनेछ । अघि गरेको लगानिको फाइदा लिन पाइनेछ । हर्षको खबर मिल्नेछ ।
तुलानोकरीमा सम्मान मिल्नेछ भने नयाँ जिम्मेवारी समेत मिल्नेछ । राजनैतिक क्षेत्रबाट समेत लाभकारी समय रहेको छ । काम गरेर अरु व्यक्तिलाई चित्त बुझाउन सक्दा इमान्दारिताको पात्र बनिनेछ ।
वृश्चिकसमस्याको पहिचान गर्न सक्दा अघि बढ्न सहज हुनेछ । बौद्धिक क्षमताको विकास हुनेछ । घरायसी समस्या हल भएर जानेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । मन हर्षित बन्ने छ ।
धनुस्वास्थ्य समस्याले गर्दा कार्य गर्न सकिने छैन । तपाईँको बोलिको गलत अर्थ लाग्न सक्छ, संयम रहनु होला । हतारको काम लतरपतर भने झैँ हुनेछ । अग्रज व्यक्तिको साथ सहयोग लिएर कार्य गर्दा केही लाभ हुनेछ ।
मकरमन मिल्ने व्यक्तिसँगको रमाइलो भ्रमणको योग बनेको छ । प्रेम प्रसंगले मूर्त रुप लिनेछ । नयाँ प्रस्तावहरु आउने छन् । आर्थिक अवस्था बलियो रहँदा नयाँ लगानिको अवसर मिल्नेछ । खुसीयाली छाउनेछ ।
कुम्भअपरिचित व्यक्तिको सहयोगले कार्य बन्ने छन् । कामको सिलसिलामा यात्रामा निष्कनु पर्नेछ । श्रममार्गमा उचित स्थान पाइनेछ । मांगलिक कार्यको निम्तो पाइनेछ । विपक्षीसँग मिलेर अघि बढ्दा फाइदा हुनेछ ।
मीनसुखद् खबर मिल्नाले प्रफुल्लित भइनेछ । पढाइलेखाइ एवं प्रतिभाका कार्यमा अग्रपंक्तिमा आइनेछ । नयाँ वस्तुको प्रयोग गर्ने अवसर पाइनेछ । नयाँ ठाउँको भ्रमण होला । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ ।

Comment here