राशिफलहट् निउज्

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७६ असार २० गते शुक्रबार

वि.सं. २०७६ आषाढ २० गते, शुक्रबार (२०१९ जुलाइ ५), आषाढशुक्ल तृतीया

मेषचञ्चलेपनले गर्दा काम कार्य विग्रने छ । अनावश्यक कार्यमा लगानि गर्नाले पछुताउने पर्नेछ । स्वास्थ्य समस्याले गर्दा काम गर्न सकिने छैन । जिम्मा लिएका कार्यलाई समयमै पूर्ण गर्न नसक्दा भनाइ खाइनेछ ।
बृषकाम गरेर आत्मसन्तोष मिल्नेछ । नयाँ कार्यको संझौता गरिनेछ । सामाजिक पदप्रतिष्ठा मिल्नेछ । सहोदरका व्यक्तिको साथ सहयोगले कार्य बन्ने छन् । साझेदारी कार्यबाट उचित लाभ पाइनेछ ।
मिथुनमनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । थोरै समयमा धेरै कार्य गर्न सकिनेछ । दैनिक कार्यमा समेत नयाँ तौर तरिकाको प्रयोगले गर्दा सहजताको अनुभव हुनेछ । मन खुसी रहनेछ ।
कर्कटआत्मकारक ग्रहको पूर्ण रुपमा साथ मिलेको छ । वाक् कलाको बृद्धि विकास हुनेछ । सहनशिलता र कृयाशिलतामा बढवा हुनेछ । सन्तोषी प्रवृत्ति रहनेछ । मिहिनेत अनुसारको लाभ पाइनेछ ।
सिंहद्विस्वभाव युक्त सोचाइका कारण निर्णय लिन गाह्रो पर्नेछ । गलत व्यक्तिको संगतले नकारात्मक कार्यमा सरीक भइन सक्छ, सजक रहनु होला । कठोर बोली व्यवहारका कारण आफन्तजनहरु टाढिने छन् ।
कन्याकार्य गरेर छिट्टै परिणाम आउँदा खुसी लाग्नेछ । आम्दानीका नयाँ बाटाहरु फेला पर्ने छन् । अध्ययनमा रुचि बढ्नेछ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । शुभ समाचार पाइनेछ ।
तुलानयाँ क्षेत्रको प्रवेश गर्ने अवसर मिल्नेछ । अघिदेखि अल्झिएका कार्यले स्थान पाउने छन् । नयाँ ठाउँको भ्रमणको योग बनेको छ । बन्धुवान्धवको सहयोगले कार्यको आरम्भ हुनेछ । ठूला व्यक्तिसँग नजिकिने छ ।
वृश्चिकआध्यात्मिक चिन्तन रहनेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । धार्मिक कृत्यमा मन रमाउनेछ । नयाँ योजनाका साथ अघि बढिनेछ । स्वास्थ्य समस्यामा कमी हुनेछ । साहित्यक क्षेत्रमा रुचि जाग्नेछ ।
धनुविना सोच, तयारी निर्णय लिँदा पछि आँफैलाई समस्यामा पार्न सक्छ, सतर्क रहनु होला । प्रेमीप्रेमीका विच मनमुटावको स्थिती सृजना हुनेछ । शारीरिक आलस्यताले छाड्ने छैन । दैनिकीमा नै व्यस्थ रहनुहोला ।
मकरविद्वान व्यक्तिसँगको संगत रहनेछ । विश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको नेतृत्व गर्न पाइनेछ । अरुलाई सजिलै आकर्षित पार्न सकिनेछ । नोकरीमा प्रशंसा मिल्नेछ । आर्थिक पक्ष बलियो नै रहनेछ ।
कुम्भसहज वातावरण बन्नाले कार्य गर्न सजिलो हुनेछ । विवादित कार्यलाई मिलाएर अघि बढ्न सकिनेछ । स्वास्थमा सुधार हुनेछ । अध्ययन अध्यापन क्षेत्रमा विशेष प्रगतिको योग बनेको छ । धन लाभ हुनेछ ।
मीनकाम गर्ने जोश जाँगर बढेर जानेछ । कलात्मक कार्यमा मन जानेछ । पुराना अधुरा कार्यलाई पहल गर्दा बन्नेछन् । देशदेशान्तरसम्म आफ्नो प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक सुख सन्तोष मिल्नेछ ।

Comment here