खेलकुदमुख्यसमाज

शहिद स्मारक ए डिभिजन लिग जित्ने रणनीतिमा राष्ट्रिय खेलाडीले भरिएको विभागीय क्लब मच्छिन्द्र क्लब

रायुजा संवाददाता
विराटनगर, २७ मंसिर २०७६ । शहिद स्मारक ए डिभिजन लिगका पुराना तथा नयाँ राष्ट्रिय टिमका खेलाडी राखेर विभागीय क्लब ‘मच्छिन्द्र क्लब’ले नयाँ टिमको घोषणा आज गरेको छ । उक्त क्लबमा नयाँ राष्ट्रिय टिमका खेलाडी मात्रै ९ जना रहेको र अन्य पुराना राष्ट्रिय टिमका र अनुभव प्राप्त खेलाडीसहितको १७ जनाको नयाँ टिम उक्त क्लबले घोषणा गरेको छ ।
टिममा राष्ट्रिय टिमका पूर्व कप्तान विराज महर्जनसहित भर्खरै साग जिताएका यु २३ का कप्तान सुजल श्रेस्ठ, यु १९ कप्तान रेजिन सुब्बा, अभिषेक रिजाललगायतका खेलाडी रहेका छन्। नेपाली राष्ट्रिय खेलाडी मात्र नभएर उक्त क्लबले विदेशी खेलाडी नाइजेरियन र क्यामरुनका दुई/दुई जना खेलाडीलाई समेत अनुबन्ध गरेर शहिद स्मारक ए डिभिजन लिगको कप आफ्ना क्लब भित्र्याउने लक्ष्य समेत लिईसकेको छ ।
सो क्लबमा आवद्ध राष्ट्रिय खेलाडीहरुमा विजय धिमाल, बिशाल राई, बिशाल श्रेष्ठ, देवेन्द्र तामाङ, हेमन गुरुङ, सुर्य अधिकारी, योगेश गुरुङ रहेका छन् भने अण्डर १९ टिम क्याप्टेन रेजिन सुब्बा, अनुभवी खेलाडीहरु बिजय धिमाल, बुद्ध चेम्जोङ, दिपक राई, अण्डर २३ टिम क्याम्पेटन सुरज श्रेष्ठलगायत नाइजेरियन खेलाडी पिटर सेगुन, अडेल्जा सोमिदे, आन्द्रा न्या क्यारुमे खेलाडी समेत रहेका छन् ।

Comment here