प्रदेश नं १फिचरमाेफसलमुख्यसमाज

गढीमा गापामा दोस्रो अध्यक्ष कप फूटबल प्रतियोगिताको तयारी पुरा

रायुजा डेक्स न्युज
पोखरा, ८ माघ २०७६ । सुनसरीको गढी गाउँपालिकामा आयोजना हुन गईरहेको दोस्रो अध्यक्ष कप फूटबल प्रतियोगिताको तयारी पुरा भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी दोस्रो अध्यक्ष फुटबल प्रतियोगिताका लागि सम्पुर्ण तयारी पूरा भएको आयोजक ‘यूथ फर प्लानिङ एण्ड एक्सन क्लब’ले जनाएको छ ।


माघ ९ गते बिहीवार गढी खेल मैदानमा हुँने प्रतियोगितामा गढी गाउँपालिकाका ६ वटा वडा र अन्य २ वटा स्थानिय क्लबले प्रतिस्पर्धा गर्दैछन् । गढी गाउँपालिकाको सहयोगमा हुँने प्रतियोगितामा प्रथम हुने टिमलाई ३१ हजार नगद शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने टिमलाई २१ हजार नगद शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।
गढी गाउँपालिकाको सहयोगमा हुँने खेलमा पराजित हुँने टिमहरुलाइ समेत नगद ५ हजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सिताराम चौधरीले जनाएका छन । पत्रकार सम्मेलनका बिशिष्ठ अतिथि गढी गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी चौधरी र गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर भट्टराईले शुभकामना दिँदै गढीमा खेलकुद विकासका लागि रंगशालाको अवधारणा अघि सारेको खुलासा समेत भएको छ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले शुभकामना मन्तव्यमा स्थानीय स्तरका खेलाडीहरुलाइ राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले ‘अध्यक्ष कप फुटबल प्रतियोगिता’को सुरु गरिएको बताए । अध्यक्ष यादवले प्रत्येक वडाबाट २ देखि ३ खेलाडी छानेर प्रोत्साहन गरिने प्रतिबद्धता समेत जनाएका छन् ।

Comment here